सोमवार, बैशाख १७, २०८१

टेलिकमले दसैं, तिहार र छठका अवसरमा एसएमएसमा ५० प्रतिशत छुट दिने

काठमाडौं आश्विन  १३ ,  नेपाल टेलिकमले दसैं, तिहार र छठका अवसरमा आफ्ना सेवाहरुमा विभिन्न छुटका अफर प्रदान गर्ने भएको छ । यसक्रममा टेलिकमले आश्विन  २२ देखि २९ 22735गतेसम्म र कात्तिक १४ देखि २१ गतेसम्म एसएमएसमा ५० प्रतिशत छुट दिने जनाएको छ । जसअनुसार प्रतिएसएमएस १ रुपैयाँ शुल्क लिँदै आएकोमा उक्त अवधिमा ५० पैसा लिने भएको हो ।
त्यस्तै टेलिकमले स्थानीय टेलिफोनमा थप १०० कल निःशुल्क, एडीएसएल , वाइम्याक्स र एफटीटीएच सेवामा ‘भ्यालिडिटी’ थप गर्ने, भ्वाइस कलमा १० प्रतिशत छुटका साथै यस अवधिमा डाटामा पनि केही छुटका अफर ल्याएको जनाएको छ ।