बुधबार, जेष्ठ २, २०८१

जाने निधो

image

जाने जब तिमीले निधो गरीसक्यौ त,
आउ एउटा अन्तिम औपचारिकता पुरा गरेर जाउ,
लास माथि एक टुक्रा कात्रो ओढाएर जाउ,
जाने जब तिमीले ………………

दुईटा जिन्दगी बाँचेछौ संग संगै तिमीले,
यस्तो एउटा खेल रचेछौ तिमीले,
जीत्ने सँधै जीतिरहने हार्ने सँधै हारीरहने जाल बुनेछौ तिमीले,
एउटा ठुलो झेल गरेछौ तिमीले,
जीतेर अब जाने तिमीले निधो गरीसक्यौ त,
आउ एउटा अर्को उत्सव मनाएर जाउ,
रगतको होलीमा रंगीएर जाउ,
जाने जब तिमीले …………….

 हर हिसाबको लेखा जोखा राखेछौ तिमीले,
यस्तो एउटा भोकको रोग पालेछौ तिमीले,
जसले तिम्रो खुशी किन्न सक्यो उसैलाई पछ्यायौ तिमीले,
एउटा गहिरो खाडल खन्यौ तिमीले,
खसालेर अब नयाँ बाटो रोज्ने निधो गरीसक्यौ त,
आउ चिरीएका घाउमा एक पटक नुन भरेर जाउ,
नतमस्तक अरुको आँशुमा हाँसो छरेर जाउ,
जाने जब तिमीले …………

-गौतम डंगोल (सन्देश)