सोमवार, बैशाख १७, २०८१

त्यहि रुखका पातहरु

Capture

त्यहि रुखका पातहरु सुम्सुम्याइरहेछु म त,
तिमीले लेखेका नामहरु मेटिए कि पहिल्याउँदैछु,
पखालिएको मुटुको अवशेष पातमा बाँकि छ कि खोजीरहेकोछु,
त्यहि रुखका पातहरु सुम्सुम्याइरहेछु म त…………

गाउँ घरमा यता उता भौतारींदैछु,
झुल्किन्छौ कि तिमी कतै भनी आँखाहरु डुलाई रहेछु,
निभ्न बाँकी आशाको सानो त्यान्द्रो जोगाई बाँचेकोछु,
त्यहि फुलको वासनाले मन भुलाउँदैछु,
तिमीले छोडेका मीठा यादहरु मुटुमा संगाल्दैछु,
त्यहि रुखका पातहरु सुम्सुम्याइरहेछु म त…………

खोला नाला पखेरुमा माया खोज्दैछु,
झस्किन्छौ कि निष्ठुरी मन भनी बाटो हेरी रहेछु,
हरदिन गहिरींदै गएको घाउ बिझ्दा भाग्यलाई सराप्दैछु,
त्यहि मायाको तिर्सनाले जिवन रीत्ताउँदैछु,
तिमी बिना के हो र जिवन हाँस्न सकिजान चिता सजाउँदैछु,
त्यहि रुखका पातहरु सुम्सुम्याइरहेछु म त……….

 

– गौतम डंगोल -सन्देश