बुधबार, बैशाख २६, २०८१

नामैको जिन्दगी…

klkjj

जिन्दगीमा जिन्दगीको रजाईं चल्दैन,
मृत्युमा झन के पो होला,
खुशी हाँसोमा आँशुको मनपरी,
हाँसो भन्ने त कहाँ छ त्यो चरी,
जिन्दगीमा जिन्दगीको रजाईं चल्दैन……………..

मुस्कानहरु उदासीका ठुला पर्खाल मुनि लुकेको पाउँछु,
निराशामा आशाको सुर्य जग्मगाउँदैन,
काल रात्रीमा झन के पो होला, यता उता जता ततै स्वार्थ सर्वोपरी,
निस्था भन्ने त के छ बाँकि कलि सरी,
लुकेका स्वप्नहरुले वास्तविकताको नाम ओढ्दैन,
झुठ अनि धोकाले जिवन दिप बल्दैन,
जिन्दगीमा जिन्दगीको रजाईं चल्दैन………….

बाटोहरु दोबाटोमा अल्मलिएको देख्छु,
लक्ष्यहरु बिच बाटोमा सस्तैमा बेचिएको देख्छु,
फुलहरुमा थरी थरी सुगन्ध हरहराउँदैन,
काँडाहरुमा झन के पो होला,
सुवासहरुमा क्रुर भमराहरुको ताँती,
माया भन्ने त कहाँ छ र सुमति,
अनिच्छामा इच्छाहरुको घाम उडाउँदैन,
कैद ईच्छाहरुमा मुक्तिको लहर उठ्दैन,
जिन्दगीमा जिन्दगीको रजाईं चल्दैन………..

-गौतम डंगोल, सन्देश