आइतवार, बैशाख ३०, २०८१

अस्तीत्व

g1-a-150x150आँखैले देखे पनि अन्देखा गर्नु पर्ने,
जानेर नी अन्वन तिम्रो अन्जान बन्नु पर्ने,
तिम्रो मायामा टिकि राख्न के के मैले गर्नु पर्ने,
आँखैले देखे पनि अन्देखा गर्नु पर्ने ।

गल्ती तिम्रो हुँदा पनि आफ्नै गल्ती मान्नु पर्ने,
अपमानको आगो सहि जलि जलि बाँच्नु पर्ने,
चोखो प्रेमको मुल्य मैले के के गरी तिर्नु पर्ने,
तराजुमा जोिखएर कति चोिट बेचिनु पर्ने,
तिम्रो मायामा टिकि राख्न के के मैले गर्नु पर्ने,
आँखैले देखे पनि अन्देखा गर्नु पर्ने ।

मनको बह लुकाएर झुठो हाँसो हाँस्नु पर्ने
बाँचेर नी घरी घरी चिता सजाई जल्नु पर्ने, जिन्दगी नामको खेलमा मैले के के झेल खप्नु पर्ने,
आफ्ना इच्छा दबाएर तिम्रो सपना पाल्नु पर्ने, तिम्रो मायामा टिकि राख्न के के मैले गर्नु पर्ने,
आँखैले देखे पनि अन्देखा गर्नु पर्ने ।

-गौतम डंगोल

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031