आइतवार, बैशाख १६, २०८१

आकाशको बाटो…

Capture

कति छलौं आकाशको बाटोमा बादलका डंगुरहरु
जिन्दगीको बाटोमा झै यतै उतै तेर्सिएका अंकुशहरु
कति छलौं आकाशको बाटोमा बादलका डंगुरहरु

पोहोर साल यस्तै हुँदा जेन तेन चैत काटें
यो सालको बाटो कुर्दा खुशी साँच्ने आशा थियो
फुटेको यो कर्म रैछ दुखै दुखमा सक्ने जिन्दगानी
कति सकौं महिना साल नयाँ सालको पर्खाईमा
यो जुनीमा छैन होला सुख मलाई
होला कि नहोला अर्को जुनी
कति छलौं आकाशको बाटोमा बादलका डंगुरहरु

वचनको वान छातीमा झोस्सिंदा आँशुले तारें
आँशुले पखालिएको मन  हाँस्न थाल्ने आशा थियो
मन डढेलोले खाई सकेको खरानी झैं मुटु मेरो
कति जीउनु पिएर आँशु एक खिट्का हा“सोको खोजीमा
यो जुनीको भाग्य मेरो आँशुले कोरीएको
होला कि नहोला अर्को जुनी
कति छलौं आकाशको बाटोमा बादलका डंगुरहरु

– गौतम डंगोल “सन्देश”