शुक्रबार, चैत्र १६, २०८०

कहिल्यै नी पराईकाे…….

राष्ट्रिय गीत: 

Capture– अस्मिता भण्डारी

कहिल्यै नी पराईकाे, छुनु हुन्न पाउहरु
प्रेमले नैे धुनु पर्छ ,अात्मियताका घाउहरु …!

पहाडमा चाेट लाग्यो, भने पनिअाखिरमा
मधेसमा घाउ लाग्यो ,भने पनि अाखिरमा

बुझ्नु पर्छ अापसमा दुश्मनका दाऊहरु
… पुछ्नु पर्छ प्रेमले नै, सबै चाेट घाउहरु…!

हाम्रा पुर्खा एकतामा, सबै खुशी देख्ने
त्यसैमा नै मेचीकाली मिलिजुली बस्ने …..!

हामी भने बैरिलाई , चिन्न सक्न छाेड्याेेै
कहाँ चुक्याैं हाेला हामी , किन बाटो माेड्याैं?

हात समाइ बढाैं अघि, देशका युवाहरु ..
पुछ्नु पर्छ प्रेम ले नै सबै चोट घाऊहरु…!

( राष्ट्रिय  गीतका रचनाकार भण्डारी  महिला गीतकार संघका महासचिव हुनुहुन्छ )।