सोमवार, बैशाख २४, २०८१

के भनुँ म तिमीलाई

capture

के भनुँ म तिमीलाई
बढाई भनुँ कि शुभकामना
चाहेको जस्तो साथी मिलेको छ 

खोजेको जस्तो वस्तु भेटिएको छ
नभनी त कसरी बसुँ म
बढाई भनुँ कि शुभकामना
के भनुँ म तिमीलाई

खुशी साट्ने थुप्रै बहाना केलायौ
दुवैको एउटै चहाना मीलायौ
के सोधुँ म तिमीलाई
बाध्यता भनुँ कि चाहाना
नचाहेको सस्तो मान्छे विलाएको छ
एउटा झुठो कहानी सुस्ताएको छ
नभनी त कसरी बसुँ म
बढाई भनुँ कि शुभकामना
के भनुँ म तिमीलाई

अघि बढने थुप्रै बाटा पहिल्यायौ
यो वा त्यो थुप्रै विकल्प राख्यौ
के बुझुँ म तिमीलाई
खेला भनुँ कि तिर्सना
प्रितिको झुठो कथा फेरीएको छ
एउटा ओइलाएको फुल झरेको छ
नबुझी त कसरी बसुँ म
बढाई भनौं कि शुभकामना
के भनौं म तिमीलाई

– गौतम डंगोल “सन्देश”