शुक्रबार, बैशाख १४, २०८१

नभेट्दामा…

capture
– गौतम डंगोल “सन्देश”

नभेट्दामा लाग्थ्यो भेटेपछि के होला
भेटेपछि लाग्न थाल्यो छुटिंदा के होला
तिमीलाई यति पछि भेटेर छुटिंदा
बाँकि जीवन एक्लै के गरी काटुँला
नभेट्दामा लाग्थ्यो भेटेपछि के होला

तिमीलाई बर्षौंको तड्पन सुनाउँ झैं लाग्थ्यो
तिमी संग हाँसो रोदन सातौं झै लाग्दथ्यो
टाढिंदामा लाग्थ्यो नजीक परे के होला
नजीकिंदा लाग्न थाल्यो टाढिंदा के होला
तिमीलाई आँशुको मुल्य बुझाउँदा
हाँसोको बानी के गरी छुटाउँला
नभेट्दामा लाग्थ्यो भेटेपछि के होला

तिमीलाई मुटुको ढड्कन सनाउँ झै लाग्थ्यो
तिमीसंग जीवन धारा बगाउँ झैं लाग्दथ्यो
बिर्सनामा लाग्थ्यो सम्झनामा के होला
सम्झनीमा लाग्न थाल्यो बिर्सिंदा के होला
तिमीसंग मुस्काउने बहाना पहिलिंदा
आँखा रसाउँदा के गरी मन बुझाउँला
नभेट्दामा लाग्थ्यो भेटेपछि के होला