बुधबार, जेष्ठ २, २०८१

आज माथिल्लो टोलमा गणेश, कुमारी र भैरवको रथ यात्रा सम्पन्न

काठमाडौ भाद्र ३१, राष्ट्रिय पर्व इन्द्रजात्राका अवसरमा आज श्री गणेश, श्रीकुमारी र श्री भैरवको माथिल्लो टोलमा रथ यात्रा गरिएको छ । यसअघि दिन तल्लो तथा anup_20160915_12आज माथिल्लो टोलमा रथ यात्रा गरिएको थियो ।

आजको रथयात्रा सँगै लाखेनाच सवा भक्कुनाच र पुलु किसीनाच समेत नचाइएकोे छ ।  किंवदन्ती अनुसार इन्द्रले आफ्नी माता वसुन्धराको व्रतका लागि पारिजातको फूल टिप्न काठमाडौँ उपत्यकामा आएको र फूल चोरी गरेको अभियोगमा त्यस क्षेत्रका बासिन्दाले सजायस्वरुप उनलाई समातेर बाँधेका थिए । स्थानीयवासीले समातिएका ती व्यक्ति देवराज इन्द्र हुन् भनी थाहा भएपछि उनलाई छाडेर वर्षमा एक पटक इन्द्रजात्रा गर्ने प्रचलन सुरु भएको विश्वास रहिआएको छ ।