आइतवार, बैशाख १६, २०८१

१४ राजदूतको सिफारिस फिर्ता , सहसचिवद्वय सिंह र डा अवस्थीलाइ सचिवको जिम्मेवारी

  काठमाडौ श्रावण २१, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार छसदस्यीय सरकार गठन पछि आज सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिवद्वय राजेश्वरमान सिंह र डा लवदेव अवस्थीलाई सचिवमा बढुवा गर्ने निर्णय गर्नुको अलावा यसअघिका एमाले अध्यक्ष केपी नेतृत्वको सरकारले विभिन्न मुलुकका लागि गरेको राजदूतमध्ये संसदीय सुनुवाइ हुन बाँकी राजनीतिक पृष्ठभूमि भएका प्रस्तावित राजदूतहरुको mantri-602x256सिफारिस फिर्ता गर्ने निर्णय गरेको छ ।

प्रस्तुत निर्णय संगै संसदीय सुनुवाइ हुन बाँकी राजनीतिक पृष्ठभूमि भएका प्रस्तावित राजदूतहरुको सख्या १४ जना  क्रमस   महेन्द्रबहादुर पाण्डे, डा खड्गबहादुर केसी, डा नारद भारद्वाज, डा शिवमाया तुम्बाहाङ्फे, अलिअख्तर मिकरानी, युवराज कार्की, युवनाथ लम्साल, प्रा डा महेन्द्रप्रसाद सिंह, पदम सुन्दास, लक्की शेर्पा, खगेन्द्र बस्न्यात, भरतबहादुर रायमाझी, निरञ्जनकुमार थापा र शर्मिला पराजुली रहेको सरकारका   प्रवक्ता कष्णबहादुर महराले जानकारी दिनु भएको छ ।

त्यस्तै प्रचण्ड नेतृतवको सरकारका उपप्रधानमन्त्री एवम् अर्थमन्त्रीको समेत जिम्मेवारी वहन गर्नु भएका प्रवक्ता कष्णबहादुर महराका अनुसार आजको बैठकले तराई–मधेस र थरुहट आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई एक हप्ताभित्र राहतस्वरुप जनही रु १० लाख उपलब्ध गराउने निर्णय गर्नुका् अलावा प्रस्तुत आन्दोलनको क्रममा घाइते भएकाहरुको उपचार खर्च सम्बन्धित अस्पताललाई गृह मन्त्रालयमार्फत भुक्तानी गर्ने व्यवस्था मिलाउने त्यस्तै आन्दोलनका क्रममा अपाङ्ग भएकाहरुको विवरण दुई हप्ताभित्रमा सङ्कलन गर्ने र आन्दोलनका क्रममा लागेकाहरुको मुद्दा र बन्दी रिहाइसँग सम्बन्धित विवरण मन्त्रालयले तयार गर्ने निर्णय गरेको छ भने देशभरिका दलित समुदायलाई रु १ हजार नगद दिने निर्णय गरेको छ ।