सोमवार, बैशाख ३१, २०८१

प्रम प्रचण्ड नेतृत्वको मन्त्रिमण्डल विस्तार

काठमाडौ श्रावण २४, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रिय प्रजातन्त्र पार्टीका २ र नेकपा (संयुक्त) का १ गरी तीन जनालाई मन्त्रिमण्डलमा सहभागी गराउँदै मन्त्रिमण्डल विस्तार गर्नुभएको छ ।  विस्तारित मन्त्रिमण्डलम राष्ट्रिय Prachanda-Dahalप्रजातन्त्र पार्टीका र दीपक बोहरा र विक्रम पाण्डे तथा नेकपा (संयुक्त) बाट जयदेव जोशी रहनुभएको छ ।

नवनियुक्त मन्त्रीहरुले आज साँझ राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।  आज भएको मन्त्रिमण्डलको विस्तार संगै २४ प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारको मन्त्रिपरिषद् नौ सदस्यीय बनेको छ । यसअघि यही श्रावण २० गते सत्ताको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) का प्रधानमन्त्रीसहित चार र प्रमुख सत्ता साझेदार नेपाली काँग्रेसका तर्फबाट दुई गरी छ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो ।