बुधबार, बैशाख २६, २०८१

मुलुकको ३९औं प्रधानमन्त्री प्रचण्डले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौ श्रावण २०, व्यवस्थापिका–संसद्मा बुधबार भएको निर्वाचनबाट प्रधानमन्त्रीमा निर्वाचित हुनु भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाइ राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक विशेष कार्यक्रममा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाहाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।

   प्रधानमन्त्री प्रचण्डलाई शपथ गराए लगत्तै राष्ट्रपति विद्यादेवीले उपप्रधानमन्त्री पदमा नेकपा माओवादी केन्द्रका कृष्णबहादुर महरा र नेपाली कांग्रेसका विमलेन्द्र निधिलाई पद तथा गोपनीयताको शपथ ग्रहण  गराउनु भएको थियो । त्यस्तै   राष्ट्रपति भण्डारीबाट माओवादीका तर्फबाट गौरीशंकर थारुलाई कृषि र दलजित श्रीपाइली युवा तथा खेलुकद र रमेश लेखकलाई भौतिक योजना मन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । यो सँगै प्रचण्ड नेतृत्वको Captureमन्त्रिपरिषद् ६ सदस्यीय बनेको छ ।

शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री केपी ओली, प्रधान न्यायाधीश सुशीला कार्की,सभामुख ओनसरी घर्ती, पूर्व प्रधानमन्त्री, उपप्रधानमन्त्री, पूर्व उपराष्ट्रपति एवम् मन्त्रीहरू, संवैैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, उच्च पदस्थ कर्मचारी, कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता, पत्रकार, लगायतको उपस्थित रहेको थियो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031