शनिबार, बैशाख २२, २०८१

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मुलुकको ३९औँ प्रधानमन्त्रीमा निर्वाचित

काठमाडौ श्रावण १९,  नेकपा माओवादी केन्द्रका अध्यक्ष ने पुष्पकमल दाहाल प्रचण्ड व्यवस्थापिका–Prachanda-Dahalसंसदमा आज भएको प्रधानमन्त्रीको निर्वाचनमा ३सय६३ मत प्राप्त गर्दै मुलुकको ३९ औँ प्रधानमन्त्री निर्वाचित हुनुभएको छ । संसदमा IMG_9198_sjh_samsad_073 IMG_9162_sjh_samsad_073उपस्थित ५७३ मतदातामध्ये ३६३ जनाले  दाहालका पक्षमा र २१० जनाले विपक्षमा मतदान गरेका थिए । त्यस्तै प्रचण्डको पक्षमा ३ सय ६३ जना सासदको मत प्राप्त भएपछि प्राप्त मतको रेसियो अनुरुप मत परिणाम बहुमत भएको घोषणा गर्दै सभामुख ओन्सरी घर्तीले उहाँ प्रष्ठबहुमतका साथ प्रधानमन्त्री निर्वाचित हुनुभएको घोषणा गर्नु भएको थियो ।

यसअघि बैठकमा नेपालको संविधानको धारा २९८ को उपधारा (३) एवम् व्यवस्थापिका–संसद् नियमावली, २०७३ को ४९ उपनियम ९४० बमोजिम नेपालको प्रधानमन्त्री पदमा उहाँले आफ्नो उम्मेदवारीको सूचना प्रस्तुत गर्नुभएको थियो । संसद्को अर्को बैठक श्रावण २४ गते सोमबार ११ बजे बस्ने भएको छ ।