आइतवार, बैशाख १६, २०८१

टोखामा यसरी मनाईयो गठेमुगल चह्रे(फोटो फिचर )

शरण डंगोल / काठमाडौं श्रावण १८, नेवार समाजमा जात्रा पर्वको शुरुवात हिजोबाट गठामों चह्रे मनाउने सँगै शुरु भयो । रोपाई सकेर फुर्सदको क्षणमा रोगव्याधी नलागोस भनेर मनाइने यस जात्राको आफ्नै मौलिक पहिचान छ । श्रावण कृष्ण चतुद्र्दशीको दिन मनाइने यो IMG_9009_sjh_gathamuga_tokha_073चाड चतुद्र्दशीका दिन सम्पन्न हुने चार प्रमुख चाडहरूमध्ये एक मानिन्छ । यस बाहेक अन्य तीन प्रमुख चतुद्र्दशीहरू यी हुन् – बाला चतुद्र्दशी, शिवरात्री चतुद्र्दशी र पिशाच चतुद्र्दशी । नेवार समाजमा व्यापकरूपले प्रचलित लोकोख्यान अनुसार घण्टाकर्ण, जसलाई नेपाल भाषामा गथामुगः, गंठामो, गंठाम्हो तथा गठांमो IMG_9015_sjh_gathamuga_tokha_073 IMG_9018_sjh_gathamuga_tokha_073 IMG_9067_sjh_gathamuga_tokha_073 IMG_9066_sjh_gathamuga_tokha_073 IMG_9038_sjh_gathamuga_tokha_073 IMG_9111_sjh_gathamuga_tokha_073भनिन्छ, एक राक्षस रहेको थियो । तर, तिनलाई राक्षस नै हो भन्ने कुराको कुनै ठोस आधार कहिं कतै कसैले दिन सकेको छैन ।

यसको अनुरुप उनी एक यस्ता हस्ती हुन् जसमा हाम्रो समाज संगठनरुपी गृह भनौं या सम्पूर्ण ब्रम्हाण्ड नै अडेको छ । ललितपुरमा रातो मत्स्येन्द्रनाथको रथ निर्माण गर्दा सबैभन्दा तल ठूला–ठूला काठका सत्तरीहरूलाई बेतले बाँधेर जुन रथको जग राखिन्छ त्यसलाई गठांमो चीगु भन्ने परम्परा अहिलेसम्म चलेकै छ । यस कुराको पुष्टि यसबाट पनि हुन्छ कि ललितपुरमा मत्स्येन्द्रनाथको रथयात्राको क्रममा मत्स्येन्द्रको रथ रहुञ्जेल घण्टाकर्ण चाडको अवसरमा टोल–टोलका चौबाटोहरूमा गठांमो ठड्याउन नहुने चलन विद्यमान छ । यी आधारबाट गठांमो शब्दले साँच्चै भन्ने हो भने मन्दिर, रथ, घर, राष्ट्र वा ब्रम्हाण्डकै मजबूत जगलाई बुझाएको भन्ने कुरामा कुनै शंका नरहेको स्पष्ट हुन्छ ।

यसै शिलसिलामा उपत्यकाको उत्तरी भागमा अवस्थित ऐतिहासिक नगरी टोखामा यो जाा परम्परागतरुपमा मनाइयो । उपत्यकामा मनाइने यो जात्रा यस क्षेत्रमा भिन्नै प्रकारले मनाईन्छ । सर्वप्रथम स्थानीय १२ टोलबाट छ्वाली र पराल संकलन गरी छ्यासीकोटमा जम्मा गरीन्छ । त्यसबाट विभिन्न सामाग्रीहरु बनाईन्छ । प्रथमतः दुईवटा सिंग बनाइन्छ एउटा परालको जसलाई चाँदी सिँग र अर्को छ्वालीको जसलाई सुन सिंग भनिन्छ । त्यससँगसँगै एक मान्छे आकृति बनाइन्छ र मुकुट बनाइ राखिन्छ, बाँकी रहेको पराल र छ्वालीलाई एक भारी बनाई त्यसमा सो आकृति राखेर बाँधीकन त्यसको टाउकोमा माथि बनाइएको सिँग राखी छ्यासीकोटमा रहेको डबलीमा राखिन्छ । तत्पश्चात थकाली घरबाट ल्याइएको आगो सो गठामोंमा दागबत्ती दिएपछि तान्दै माथिल्लो टोलसम्म पु-याइन्छ र माथिल्लो टोलले पनि सो गठामोंलाई तानेर नगरबाहिर लगेर जलाउँछ ।  तत्पश्चात हरेक घरमा छ्वाली बाली कोठा कोठा कुनाकुनामा डुलाउँदै भुत पिशाचलाई घरबाहिर निकाली मूलढोका अगाडि सेलाउन ल्याउँछ भने सो सँगसँगै घरको चारकुनाबाट बटुलेको माटो मानोमा राखि स्थानिय औजार हसिँया बोकी अर्को छ्वालीको मुठा बाल्दै दोबाटो, चौबाटोमा ल्याएर सेलाउन ल्याउने गरिन्छ । माटो आगोमा राखेपछि  आफुले बोकेर ल्याएको हसियामा तेल दलेर गाजल बनाउँछ र तेरो (भूत पिशाच) आँखा धमिलो होस् मेरो आँखा तेजिलो होस् भन्दै गाजल लगाउँदै जात्रा सम्पन्न गरिन्छ ।