आइतवार, बैशाख १६, २०८१

सरकारलाई सद्भावनाको समर्थन ससर्त हुन्छ : नेता महतो

काठमाडौं श्रावण १८, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसको माग सम्बोधनको सवालमा अव बन्ने गठबन्धन सरकारको तर्फबाट लिखित प्रतिबद्धता आएको अवस्थामा नयाँ सरकारलाइ आफ्नो पार्टीको समर्थन रहने बताउँनु भएको Captureछ ।

सोमवार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता महतोले यस्तो अभिव्यक्ति दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । साथै समाचारमा नेता महतोले यसको लागि मधेस आन्दोलनका क्रममा मृत्यु भएका परिवारलाई सहिद घोषणा सहित परिवारलाई क्षतिपूर्ति, घाइते भएकाको उपचार खर्च र लगाइएको मुद्दा फिर्ता गर्ने सर्तमा मात्र नयाँ सरकारका लागि समर्थन सहित सरकारमा समेत सहभागी हुँन सक्ने बताउँनु भएको उल्लेख गरिएको छ ।