शनिबार, बैशाख १५, २०८१

बुधबार मुलुकले बहुमतीय प्रक्रियाबाट ३९औं प्रधानमन्त्री पाउँने

आज साँझ ४ बजेसम्म उम्मेदवारी दर्ता

  काठमाडौ श्रावण १८, व्यवस्थापिका संसद्ले श्रावण १९ गते बिहान ११ बजेका लागि प्रधानमन्त्री निर्वाचन कार्यतालिका सोमबार सार्वजनिक गरेसंगै मुलुकको ३९औँ प्रधानमन्त्रीको निर्वाचन बुधबार हुने भएको छ । संसद् सचिवालयले प्रधानमन्त्रीको निर्वाचनसम्बन्धी सार्वजनिक कार्यतालिका अनुसार मङ्गलबार बिहान ११ बजेदेखि ४ बजेसम्म प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गर्ने समय तय गरिएको छ भने मंगलवारनै दिनको ४:३० बजे उम्मेदवारको अन्तिम सूची प्रकाशित गर्ने भएको छ ।

यसअघि प्रधानमन्त्री चयनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २९८ (२) अनुरुप गत श्रावण १० गते सहमतीय सरकारको आह्वान गर्नुभए पनि दलबीच सहमति हुन नसक्दा फेरी बहुमतीय प्रक्रिया अनुरुप संविधानको धारा २९८ (३) अनुसार प्रधानमन्त्रीको चयन हुँन लागेको हो । मङ्गलबार उम्मेदवारी दर्ता गराउने प्रमको उम्मेदवारले एक जना समर्थक र एक जना प्रस्तावकसहितको आफ्नो उम्मेदवारीको साँझ ४ बजेसम्म दर्ता गराइसक्नुपर्नेछ । प्रधानमन्त्रीमा अहिलेसम्म नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नयाँ गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रूपमा देखिनुभएको छ । तर एमालेबाट को प्रमको उम्मेदवार हुने भन्ने सवालमा त्यस्तो कुनै नितिगत धारणा बाहिर आएको छैन । यद्यपी समाचार स्रोतका अनुसार एमालेबाट उपाध्यक्ष वामदेव गौतम वा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङमध्ये एकलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी गरेको बुझिएको छ ।

व्यवस्थापिका संसद्ले प्रमको लागि हुँने निर्वाचनमा कायम रहेको सासंद सख्याको ५९५ मध्ये २९८ मत आवश्यक हुन्छ । जस अनुसार काँग्रेस–माओवादी र मधेसी मोर्चासहित साना दलको गरि ३७२ मत रहेको छ भने एमाले १८२, राप्रपा नेपालको २५, मालेको ५, नेमकिपाको ४, राष्ट्रिय जनमोर्चाको ३, नेपाल परिवार दलको २, बहुजन शक्ति पार्टी १, मधेस समता पार्टीको १ गरी कुल २२३ मत रहेको छ ।