शुक्रबार, बैशाख ७, २०८१

सकियो सहमतीय सरकार गठनको डेटलाइन, अव बहुमतका आधारमा प्रम चयन प्रक्रिया अगाडि बढ्ने

काठमाडौ श्रावण १६, सहमतीय सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिनु भएको डेटलाइन आजबाट सकिएको छ । सहमतिको सरकार गठनका लागि दिनुभएको समयसीमा सकिएपछि प्रधानमन्त्रीको चयन प्रक्रिया अव CA_20141009085850-2 (1)बहुमतका आधारमा अगाडि बढ्ने भएको छ ।

व्यवस्थापिका–संसद्को बैठक सोमबार अपरान्ह बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त भएपछि सभामुख ओनसरी घर्तीले सोसम्बन्धी जानकारी सदनलाई गराएर निर्वाचनको प्रक्रिया सुरु गर्ने संसद् सचिवालयले जनाएको छ । त्यस्तै सचिवालयका अनुसार त्यसपछि प्रमको उम्मेदवारी दर्तालगायतको निर्वाचन तालिका तोक्नेछ ।

यसवीच आजै राष्ट्रपतिसंग भेटवार्ताको लागि राष्ट्रपतिभवन शीतल निवास पुग्नुभएका प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तथा उपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाइ सहमतीय सरकार गठनका लागि पुनः आग्रह गर्नुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु