आइतवार, बैशाख १६, २०८१

प्रधानमन्त्री दाहालको प्रमुख सचिवमा महरा र स्वकीय सचिवमा प्रकाश

काठमाडौ श्रावण २१, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख सचिवमा जोखबहादुर महरा नियुक्त हुनुभएको छ ।  नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्यसमेत रहनुभएका महरा दाहाल प्रधानमन्त्री हुनुअघि पनि दाहालको ramesh-malla-n-jokh-bahadur-mahara-e1470376203913स्वकीय सचिवका रूपमा कार्यरत रहेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै स्वकीय सचिवमा प्रधानमन्त्रीका पुत्र प्रकाश दाहाल र अखिल (क्रान्तिकारी)का पूर्व अध्यक्ष रमेश मल्ल त्यस्तै फोटो पत्रकारमा दिनेश श्रेष्ठ र मनोहर शर्मालाइ नियुक्त गरिएको सम्वद्धस्रोतले जनाएको छ ।