सोमवार, बैशाख १७, २०८१

पूर्व राजाद्दारा सरकारलाइ धन्यवाद ज्ञापन

जनताको दुःखमा राजा र राजाको दुःखमा जनताको साथ रहने परम्परागत् मूल्य र मान्यता देशमा अझै जीवितै रहेको’ भन्दै खुसी प्रकट

काठमाडौ भाद्र ८, पूर्वराजा ज्ञानेन्द्र शाहले महेन्द्र मञ्जिलमा विद्युत जोडिदिएकोमा ऊर्जा मन्त्रालय र नेपाल सरकारलाई धन्यवाद दिएका छन् । आज एक विज्ञप्ति जारी गर्दै पूर्वराजा शाहले सरकारलाई धन्यवाद दिनुभएको हो ।  असावधानीवस 20150722_anup_1भएको त्रुटि समयमै सच्याएर जन आवाजको कदर गरेकोमा हामी ऊर्जा मन्त्रालय र नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छौ विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै विज्ञप्तिमा उहाँले ‘जनताको दुःखमा राजा र राजाको दुःखमा जनताको साथ रहने परम्परागत् मूल्य र मान्यता देशमा अझै जीवितै रहेको’ भन्दै खुसी प्रकट गर्दै विज्ञप्तिमा नेपाली जनता र राजसंस्थाबीच सदैव रहिआएको सम्बन्ध यस प्रकरणबाट उजागर हुनुको अलावा हामी बीचको सुसम्बन्ध भविष्यमा पनि स्थिर र थप मजबुत रहने विश्वास व्यक्त गर्नु भएको छ ।  साथै उहाँले महेन्द्र मञ्जिलमा विद्युती आपूर्ति 14089261_1581841848784952_2503520672741927858_nकाटिदिएपछि जनताले सामाजिक सञ्जाल एवम् सञ्चारमाध्यमबाट व्यक्त असहमति अविस्मरणीय रहेको भन्दै आभार समेत व्यक्त गर्नु भएको छ ।

यसअघि ३५ लाख बढी विद्युत महसुल भुक्तानी गर्न बाँकी रहेको भन्दै नेपाल विद्युत् प्राधिकरणले उर्जा मन्त्री जनार्दन शर्माको ठाडो आदेशमा पूर्व मुमा बडामारानी रत्न शाह बस्ने सरकारी स्वामित्व अन्तर्गत रहेको महेन्द्र मञ्जिल दरबारको विद्युत लाइन काटेपछि सिर्जना भएको चौतर्फी विरोध पछि प्राधिकरणले पुन विद्युत लाइन जोडिदिएको थियो ।