सोमवार, बैशाख १७, २०८१

आयोगद्दारा नयाँ शक्ति नेपाललाई राजनीतिक दलको मान्यता प्रदान

काठमाडौ भाद्र ८, निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टीलाई आज Election-Commision-of-Nepalराजनीतिक दलको मान्यता दिएको छ । नयाँ शक्ति नेपाल नामक दल दर्ताका लागि आयोगमा परेको निवेदनमाथि छलफल भई उक्त पार्टीलाई राजनीतिक दलको मान्यता दिइएको आयोगद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्तै विज्ञप्तिमा आयोगले नयाँ शक्ति नेपाल पार्टीलाई राजनीतिक दलसम्बन्धी ऐन, २०५८ तथा अन्य प्रचलित कानुनबमोजिम आयोगमा बुझाउनुपर्ने विवरण तोकिएकै म्यादभित्र बुझाउन पनि भनेको छ ।