बुधबार, बैशाख २६, २०८१

महिला सङ्घको तेस्रो महाधिवेशन भाद्रको २९ मा

काठमाडौ भाद्र ७,  नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल महिला सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशन यही भाद्र २९ देखि Capture३१ गतेसम्म  ‘महिला सशक्तीकरणका चार निकास, समान सहभागिता, शान्ति, समृद्धि र संवैधानिक विकास’ भन्ने   मूल नाराका साथ   राजधानीमा हुने भएको छ ।

महाधिवेशनका लागि आवश्यक तयारी भइरहेको जनाउँदै सङ्घले महाधिवेशन तोकिएकै समयमा सम्पन्न गराउन पार्टीले नेता एनपी साउदको संयोजकत्वमा केन्द्रीय सदस्य नवीन्द्रराज जोशी, चन्द्र भण्डारी, कमला पन्त र प्रदीप पौडेल सदस्य रहेको निर्देशन समितिसमेत यसअघि गठन गरिसकेको छ ।

 प्रस्तुत महाधिवेशनबाट अध्यक्ष, महासचिव, र कोषाध्यक्ष तीन पदाधिकारीसहित खुलाबाट १५ केन्द्रीय सदस्य, प्रान्तबाट दुई÷दुई जना गरी १४ जना, दलितबाट तीन जना, आदिवासी÷जनजातिबाट तीन जना, मुस्लिम र पिछडा वर्ग एक जना मधेसीबाट तीन जना र मनोनित नौ केन्द्रीय सदस्यसहितको ५१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ ।