बुधबार, बैशाख २६, २०८१

आफ्नो भारत भ्रमण अत्यन्त सफल भएको उपप्रम निधिको जिकिर

काठमाडौ भाद्र ७,  छिमेकी राष्ट भारतसंगको सम्बन्ध सुमधुर बनाउँन भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा गत भाद्र २ गते भारत भ्रमणमा जानु भएका उपप्रधानमन्त्री विमलेन्द्र निधि आज स्वदेश फर्किनुभएको छ ।
उपप्रधानमन्त्री निधिले स्वदेश फर्किने क्रममा आज अपरान्ह त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दैै आफ्नो भारत भ्रमण अत्यन्त सफल भएको बताउँदै भ्रमणको क्रममा राजनीतिदेखि विकाससम्मका कुराकानी भएको जानकारी दिनुभएको छ । त्यस्तै उहाँले भ्रमणको क्रममा भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, परराष्ट्रमन्त्री सुष्मा स्वराज, भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह, विपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसका नेता एवम् पूर्वप्रधानमन्त्री मनमोहन सिंह, उपाध्यक्ष राहुल गान्धी लगायतसँग भेट भएको जानकारी दिदै यसवीचमा दुवै देशका उच्च नेतृत्वको भ्रमण कार्यक्रम अन्र्तगत नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण तथा भारतका राष्ट्रपति प्रवण मुखर्जीको नेपाल भ्रमणको मितिरेखा समेत तय भएको जानकारी दिनु भएको छ । त्यस्तै आफ्नो भारत भ्रमणबाट दुई देशवीचको सम्बन्धमा ताजगी आएका जनाउ दिदै यसबीचमा देखिएको उतराचढावलाई समेत चिर्न सफल भएको बताए ।

साथै उपप्रम निधिले आफूले संविधान कार्यान्वयनका साथसाथै २०७४ माघभित्र ३ वटा निर्वाचन सम्पन्न गर्ने नेपाल सरकारको प्राथमिकता रहेको कुरा भारतीय नेतृत्वलाई जानकारी गराउनुको अलावा मधेसवादी दलहरुसँगको सरकार गठन हुँदा काँग्रेस र माओवादी केन्द्रबीच भएको ७ बुँदे सम्झौता र मधेसी मोर्चासँग भएको ३बुँदे सहमति कार्यान्वयनमा लैजाने तयारी रहेको जनाउ दिए