आइतवार, बैशाख १६, २०८१

नेविसङ्घ महाधिवेशनको बन्दसत्र विहिवार, निर्वाचनका लागि निर्वाचन समिति गठन

विद्यार्थी नेताद्वयले तोड्यो आमरण अनशन 

काठमाडौ श्रावण २६, नेपाल विद्यार्थी सङ्घको ११औं महाधिवेशन अन्र्तगत महाधिवेशन प्रतिनिधिमा देखिएको विवादका कारण अवरुद्ध बन्दै आएको बन्दसत्र विहिवार बिहानदेखि सञ्चालन हुने भएको छ । सङ्घको महाधिवेशन सम्पन्न गर्न माउ 4पार्टी काग्रेसले गठन गरेको निर्देशन समितिले आज पत्रकार सम्मेलन गरी महाधिवेशन प्रतिनिधिमा देखिएको प्रतिनिधि विवाद समाधान भएको जनाउ दिदै बन्दसत्र विहिवारबाट निर्वाधरुपमा सञ्चालन हुने जनाएको हो ।

त्यस्तै समितिका संयोजक डा प्रकाशशरण महतले आमरण अनशन बसेका विद्यार्थीको मागसमेत सम्बोधन हुने गरी विवादित ११ जिल्लाको महाधिवेशन प्रतिनिधिको विवाद लामो छलफल पछि समाधान भएको बताउँदै पत्रकार सम्मेलनमा विवादित जिल्लाका कार्यसमिति हाललाई थाती राखेर महाधिवेशनमा भाग लिने प्रतिनिधिको पहिचान गरेको जानकारी दिनु भएको थियो ।   साथै पत्रकार सम्मेलनमा निर्वाचन प्रक्रिया अगाडि बढाउन पार्टीले डेमोक्र्याटिक लयर्स एसोसिएसनका अध्यक्ष भरतप्रसाद खरेलको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।

प्रतिनिधिको विवाद मिलेसँगै सङ्घमा प्रतिनिधिको सङ्ख्या ३ हजार ४६० कायम हुनुको अलावा विधिवत् महाधिवेशनको माग गर्दै आमरण अनशनमा बस्नुभएका विद्यार्थी नेताद्वय गणेश सापकोटा र रत्नहरि ढुङ्गेलले आजै अनशन तोड्नुभएको छ । पार्टी सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाले जुस पिलाएर विद्यार्थी नेताद्वयको अनशन तोडाउनुभएको हो ।