सोमवार, बैशाख १७, २०८१

जिप दुर्घटनामा ११ को मृत्यु, छ घाइते

काठमाडौं भाद्र १२,  आज दिउँसो अर्घाखाँचीको सन्धिखर्कबाट प्यूठानको बादीकोट जाँदै गरेको ग १ ज ४८७८ नं को जिप हंसपुर गाविसको Captureसडकबाट करिब ४ सय मिटर  तल जङ्गलमा दुर्घटना हुँदा ११ जनाको मृत्यु र छ जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ९ जनाको दुर्घटनास्थलमा नै बाँकी २ जनाको उपचारका लागि सन्धिखर्क ल्याइँदै गर्दा बाटोमा मृत्यु भएको जनाएको छ । त्यस्तै दुर्घटनामा पर मृत्यु भएका सवैको सनाखत भएको जनाउँदै तिनिहरुमा क्रमस कमला पौडेल, चेतबहादुर थापा, हुमबहादुर घम, रामबहादुर घर्ती र मीनबहादुर केसी , नारायण राना, सीता नेपाली, सीपबहादुर कुमाल, भेषबहादुर थापा, बुद्धिराम परियार र बाङ्गेमरोठका शोभा सिंह रहेको जनाएको छ ।