सोमवार, बैशाख १७, २०८१

ब्रह्म स्पोर्टस् क्लवले मनाए स्व���्ण महोत्सव

काठमाडौं भाद्र १२, समाजसेवाको क्षेत्रमा अग्रणी स्थान ओगट्न सफल ब्रह्म स्पोर्टस्  क्लवले आफ्नो स्थापनाकालको ५० वर्ष पुगेको अवसरमा शनिवार राजधानीमा एक विशेष कार्यक्रमकावीच स्वर्ण महोत्सव मनाएको छ । सास्कृतिक Anup_20160827_23Anup_20160827_19 Anup_20160827_17 Anup_20160827_18 Anup_20160827_5 Anup_20160827_8 Anup_20160827_9 Anup_20160827_12 एेतिहासिक महत्व बोकेका राजधानीको कामपा वडा न १२ स्थित मुसुम्वाहालको १२वर्षे इनार रहेको क्षेत्रमा प्रस्तुत Anup_20160827_2 क्लव   विस २०२४ सालमा स्थापना गरिएको हो ।

मुनाफा रहित विसुद्ध सामाजीक संस्थाको रुपमा क्रियाशील यस  क्लवले खेलकुदको अलावा सास्कृतिक एवम् पुरातात्विक महत्वका स्थानीय सम्पदाको संरक्षण त्यस्तै शिक्षा स्वास्थ्य शिवमुलक तालिमको अलावा विकास सनमार्णका कार्य लगायत स्थानीय क्षेत्रमा परेको समस्याको समेत निरुपण गर्दै आइरहेका छन । ७७ जना आजिवन सदस्य ६३ जना साधारण सदस्य र १६६ जना अक्षय कोषका दाता सदस्य रहेको प्रस्तुत  क्लव को संस्थागत संरचना अनुरुप आफ्नै ३ तल्ले भवन समेत रहेको छ ।

स्वर्ण महोत्सवको अवसरमा  क्लवद्दारा आयोजित औपचारिक कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरे र संस्कृतिपवद सत्यमोहन जोशीलाइ जनही १७८८८ नगद, दोसल्ला र प्रमाण पत्रबाट सम्मानित समेत गरेको छ । स्थानी क्षेत्रबाट निर्वार्चित व्यवस्थापिका संसद सदस्य ध्यानगोविन्द रञ्जितको प्रमुख आतिथ्यतामा सम्मपन्न उक्त कार्यक्रममा प्रमुख अतिथिी रञ्तिले उहाँहरुलाइ सम्मान गर्दै ब्रम्ह् स्मारिको समेत विमोचन गर्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

विविध सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको उक्त कार्यक्रममा क्लवद्दारा आयोजित विभिन्न प्रतियोगिता तथा तालिम कार्यक्रममा सहभागीलाइ प्रमाणपत्र वितरण गरिएको थियो भने क्लवका सल्लाहकार एवम् पुरात्व विभागमा महानिर्देशक भेष नाराण दाहाल सस्कृतिविद् सत्यमोहन जोशी राष्ट्रकवि माधवप्रसाद घिमिरे लगायतले अभिमत प्रकटगर्नु भएको थियो । क्लवका अध्यक्ष ज्ञानिवावु सिहंको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाइ सम्मान पनि गरिएको थियो ।