बुधबार, बैशाख २६, २०८१

एमाले स्थायी समिति : प्रदेश संयोजक तोकियो ,थप निर्णय बुधवार सार्वजनिक गरिने

काठमाडौ भाद्र ७, व्यवस्थापिका संसदको प्रमुख प्रतिपक्षीदल नेकपा एमालेको आज सम्पन्न स्थायी समितिको बैठकले पार्टीका प्रदेश सङ्गठन कमिटीका संयोजक र सह–संयोजकको जिम्मेवारी तोकेको छ ।   स्थायी समिति  बैठकलेआज   दिइएको  प्रदेश नं १ को संयोजकमा –भीम आचार्य र सह–संयोजक–शेरधन राइलाइ जिम्मेवारी दिएको छ भने प्रदेश नं संयोजक– सत्यनारायण मण्डल, सह–संयोजक–नागेन्द्र चौधरीलाइ जिम्मेवारी दिएको छ ।

त्यस्तै , प्रदेश नं ३ को संयोजकमा अष्टलक्ष्मी शाक्य, सह–संयोजक– काशीनाथ अधिकारी, प्रदेश नं ४ संयोजक– किरण गुरुङ, सह–संयोजक–गणेश तिमिल्सिना, प्रदेश नं ५ संयोजकमा– विष्णुप्रसाद पौडेल र सह–संयोजकको जिम्मेवारी – दलबहादुर रानालाइ दिईएको छ । साथै प्रदेश नं ६ र ७ को संयोजक र संयोजकमा क्रमस युवराज ज्ञवाली यामलाल कँडेल भीमबहादुर रावल, र कर्णबहादुर थापालाई जिम्मेवारी दिईनुको अलावा बैठकबाट भए राजनीतिक तथा साङ्गठनिक संरचनाका सवालमा गरेका थप निर्णय भने बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने बैठकपछि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । एमाले स्थायी समितिको बैठक गत श्रावण ३० देखि जारी भई आज सम्पन्न भएको हो ।