बुधबार, बैशाख २६, २०८१

काँग्रेसले आज मन्त्री छान्दै, मन्त्री बन्ने आकाक्षीको सख्या बढ्दो

काठमाडौ भाद्र ७, माओवादी केन्द्रका अध्यक्ष् पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकामा नेपाली कांग्रेसको तर्फबाट सरकारमा सहभागी गराइने मन्त्रीहरुका विषयमा आज टुङ्गो लगाइने भएको छ । बिहान बस्ने संसदीय दलको बैठकपछि सभापति शेरबहादुर देउवाले केही नेताहरुसँग छलफल गरेर नामलाई अन्तिम रुप दिने तयारी रहेको सम्वद्ध nc-flageस्रोतले जनाएको छ । गत श्रावण २० गते प्रधानमन्त्रीमा निर्वाचित हुनु भएका पुष्पकमल दाहाल प्रचण्डको सरकारमा सहभागी हुने मन्त्रीहरुकोनाम कांग्रेसले आन्तरिक किचलोका कारण आवश्यक सिफारिस गर्न नसकेको हो । यद्यपी काँग्रेसको तर्फबाट मन्त्रिमण्डलमा सहभागी हुन १० देखि ११ मन्त्री र झण्डै आधा दर्जन राज्यमन्त्रीको तयारी रहेको बताईएको छ ।

गठबन्धन सरकामा नेपाली काँग्रेसले १३ मन्त्रालयको जिम्मेवारी पाउँने सहमति भएको थियो । एकातर्फ काग्रेस वृतमा बन्ने आकाक्षीको सख्या बढ्नु र अर्को तर्फ काँगेस नेता । नेता रामचन्द्र पौडेलले सरकारमा कम्तीमा ४० प्रतिशत अर्थात् पाँच जना मन्त्री माग गर्नु भएपछि समस्या झन जटिल बनेको स्रोतको दावी रहेको छ ।  तर काँग्रेस सभापति देउवाले नेता पौडेलको माग अनुरुप नचइ ३ जना मात्रै दिने तयारी गर्नु भएको थाहा भएको छ । यसमा अर्जुननरसिंह केसी, प्रकाशशरण महत लगायतको नाम लगभग पक्का भएको बताइन्छ ।