सोमवार, बैशाख २४, २०८१

आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौ भाद्र ९, जनकपुर- भिट्ठामोड सडक अन्र्तगतको विद्यापति राजमार्ग निर्माण सम्बन्धमा वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका द्वारा आयोजित सर्वपक्षीय र सर्वदलीय अन्तरक्रिया कार्यक्रमबाट तीन चरणको आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ ।  बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष मा‍.राम कुमार शर्मा सयोजक तथा प्रत्येक IMG_1863IMG_1458राजनीतिक दलका अध्यक्ष,सुन्दर अभियानी,विभिन्न सघसस्था,नागरिक समाज लगायतका प्रतिनिधी रहेको सघर्ष समितिले तीन चरणको आन्दोलनका  कार्यक्रमको घोषणा गरेको हो ।

घोषित आन्दोलनको कार्यक्रम अनुरुप भाद्र १२ गते आइतवार महोत्तरी र धनुषा कार्यालय मार्फत प्रधानमन्त्रीलाइ ज्ञापन बुझाउने । १३-१९ गते (सात दिन) सडक तथा सडक छेउका गाँउमा प्रचार प्रसार गर्ने । (पम्पलेटिङ,कोणसभा,माइकिङ, हरेक चौकमा सर्वपक्षीय र सर्वदलीय सघर्ष समिति गठन गर्ने  त्यस्तै  भाद्र   २०-२४ (पाँचदिन)  विभिन्न चौकमा रिले धर्ना । भाद्र २५ र २६ गते (दूइदिन) जनकपुर-भिट्ठामोड सडकमा पूर्णरुपमा यातायात ठप्प । २७ गते जनकपुर देखि भिट्ठामोड सम्म मानव कडी निर्माण गर्ने रहेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

यसवीचमा   पनि निर्माणकार्य सुचारु नभए तेस्रो चरणमा, भिट्ठामोड सडकको मध्यमा पर्ने पीपरामा आमरण अनसनको कार्यक्रम गर्ने तय भएको यसको लागि बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष मा‍. राम कुमार शर्मा आफू  अनसनमा बस्ने घोषणा गर्नु भएको बताइएको छ ।

यसअघि पनि सुन्दर अभियानीहरुले सबैको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने सडकको आन्दोलनमा आम नागरिकको सहभागिता अत्यन्तै महत्व बताउँदै विगत २ वर्षदेखि सडक बनाउँ या फाँसी देउ, किस्तावन्दीमा मृत्यु चाहिंदैनू भन्दै आन्दोलन गर्दै आएका सथए । जनकपुर र भारत जोड्ने प्रमुख राजमार्ग रहेको विद्यापति मार्ग विगत एक दशक देखि जर्जर अवस्थामा छ । देशलाइ प्रतिवर्ष ८० करोड राजश्व बुझाउने भिट्ठामोड भन्सारबाट जनकपुर जोड्ने यो मार्ग भएर दैनिकरुपमा सयौं गाडी तथा ३०९४० हजार यात्रु ओहर दोहर गर्ने गर्दछ । दैनिकरुपमा यस सडकमा दूर्घटना हुनु सामान्य भैसकेको छ । धूलोको कारण यसक्षेत्रका जनता विभिन्न रोगकका शिकार भइरहेका छन् भने वर्षा मौसममा सडक हो कि पोखरी छ्ट्याउन गाह्रो हुने गर्छ ।  आन्दोलन घोषणा कार्यक्रममा २५ राजनैतिक दलका प्रतिनिधी,सुन्दर अभियानीहरु, विभिन्न सघसस्थाका प्रतिनिधी, संचारकर्मी, बस व्यावसायी सघ,बुद्धिजीबी व्यापारी, यूवा तथा नागरीक समाज लगायतकाहरुको सहभागिता रहेको थियो ।