आइतवार, बैशाख १६, २०८१

भूकम्पपीडितका लागी ट्याक्सी दर्ता खुला

काठमाडौ श्रावण १ ,सरकारले भूकम्पबाट अति प्रभावित १४ जिल्लाका पीडितलाई उपलब्ध गराउने गरी ट्याक्सी दर्ता खुलाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रिस्तरीय निर्णयअनुसार ट्याक्सी दर्ताको प्रक्रिया सुरु भएको जनाउँदै भूकम्पबाट अति प्रभावित १४ जिल्लाका Captureपीडितले दर्ता गर्न पाउने गरी ट्याक्सी दर्ताका लागि श्रावण ५ गतेदेखि भदौ २ गतेसम्मको समय तोकिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, रसुवा, नुवाकोट, काठमाडौँ, ललितपुर र भक्तपुरका आधिकारिक प्रमाणपत्र भएका भूकम्पपीडितले आवेदन दर्ता गराउन सक्ने विभागले जनाएको छ ।  त्यस्तै यसका लागि यातायात व्यवस्था कार्यालय, साना÷ठूला सवारी, वाग्मती अन्चलमा आवेदन दिन सकिनेछ । आवेदनका लागि रु १०० तिर्नुपर्ने विभागले जनाएको छ । भूकम्पपीडित परिचयपत्र भएका व्यक्तिले नै आवेदनमा हस्ताक्षर र ल्याप्चे लगाउनुपर्ने व्यवस्था गरिएको छ ।