आइतवार, बैशाख २३, २०८१

श्रावण ६ गतेसम्म उपत्यका बाहिर नजान काँग्रेस सांसदलाई ह्वीप

काठमाडौ आषाढ ३१, नेपाली काँग्रेसले व्यवस्थापिका–संसद्मा वर्तमान प्रधानमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावलाई मध्यनजर गर्दै nc-flageकाँग्रेसले आफ्ना सांसदलाई ह्वीप जारी गर्दै आफ्ना सबै सांसदलाई श्रावण ६ गतेसम्म उपत्यका बाहिर नजान निर्देशन दिएको छ ।
काँग्रेसका मुख्य सचेतक चीनकाजी श्रेष्ठले आज जारी गर्नु भएको विज्ञप्ति जारी गरी साउन ६ गतेसम्म उपत्यका बाहिर नजान र बाहिर जिल्ला वा विदेशमा रहेका सांसदलाई श्रावण २ गतेसम्म संसदीय दलको कार्यालयमा हाजिर हुन भनेको छ ।