आइतवार, बैशाख २३, २०८१

यस्तो आजको मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौ आषाढ ३१,  एमाले नेतृत्वको गठबन्धन सरकारबाट सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रले आफ्नो समर्थन फिर्ता लिदै सरकारबाट बाहिरिएपछिको अवस्थामा आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले मुलुकमा पछिल्लो समयमा विकास भएको घटनाक्रम को समिक्षा सरकार विरुद्ध ससद्मा दर्ता भएको अविश्वास प्रस्तावको सामना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री शेरधन राईले बताउँनु भएको छ ।

mantri-602x256त्यस्तै बैठकले ‘गुगल ब्वाइ’बाट चर्चित आदित्य दाहाल प्रतिष्ठानलाई आवास र सवारी साधन तथा साधना केन्द्र स्थापनाका लागि रु एक करोड अनुदान दिने निर्णय सहित नेपाल स्वास्थ्य चिकित्सा शिक्षा सेवा ऐन’को मस्यौदालाई संसद्मा प्रस्तुत गर्ने निर्णय गरेको जानकारी दिदै प्रवक्ता राईले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुरलाई विशिष्ट स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक मेसिनरी खरिदका लागि रु २० करोड पुँजीगत अनुदान उपलब्ध गराउने निर्णय गरेको जानकारी दिनु भएको छ ।

त्यस्तैगरि आजको मप बैठकले जिल्ला प्रशासन कार्यालय, बाँकेमा झुठो विवरण दिई नागरिकता लिने भारतीय नागरिक मतौवा कुर्मी, नन्दकिशोर कुर्मी, रामानन्द कुर्मी र रामचरित्र कुर्मीको नागरिकता कानुन बमोजिम रद्द गरी नागरिकता दिने सम्बन्धित कर्मचारीलाई छानबिन गरी कारबाही गर्ने निर्णय गर्दै   लगानी बोर्डको सदस्यमा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष भवानी राणा र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठलाइ त्स्तैगरि ऋण असुली न्यायाधीकरणको सदस्यमा मानबहादुर अर्याल नियुक्त गर्नुका अलावा न्याय सेवाको विशिष्ट सेवामा बढुवा गरी मणिराम ओझालाई सत्य निरूपण तथा मेलमिलाप आयोगमा पदस्थापन गरेको छ भने प्रशासनतर्फ उपराष्ट्रपति कार्यालयका सहसचिव पुरुषोत्तम पौडेललाई बढुवा गरी क्षेत्रीय प्रशासन कार्यालय, सुर्खेतमा पदस्थापन गरेको उहाँले जानकारी दिनु भएको छ ।