आइतवार, बैशाख २३, २०८१

डा केसीको स्वास्थ्यबारे संवेदनशील हुन सरकारलाइ आयोगको आग्रह

काठमाडौ आषाढ ३१ , स्वास्थ्य क्षेत्रको सुधारको माग राखी गत आषाढ २६ गतेदेखि आमरण अनशनमा रहेका डा गोविन्द केसीको जीवन रक्षा गरी स्वास्थ्य उपचारमा संवेदनशील हुन राष्ट्रिय मानव अधिकार आयोगले सरकारसँग आग्रह गरेको छ ।  अनशनका कारण डा केसीको Nepal_NHRC_Press_Note_DR_KC_Monitoring_Nep_2073-03-31स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि आयोगले प्रेस विज्ञप्तिमार्फत सरकारसंग यस्तो आग्रह गरेको हो ।

त्यस्तै आयोगका प्रवक्ता मोहना अन्सारीद्वार जारी विज्ञप्तिमा डा केसीको स्वास्थ्य उपचारको व्यवस्था गर्नका शिक्षण अस्पताल, महाराजगन्ज, जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालयसमेतलाई पत्राचार गरेको विज्ञप्तिमा गर्दै विरोधको स्वरूप जस्तोसुकै भए पनि व्यक्तिको स्वास्थ्य उपचार जीवनरक्षासँग जोडिएकाले संवेदनशील भई निजको प्रभावकारी स्वास्थ्य उपचार गर्नु÷गराउनु सम्बन्धित पक्षको महत्वपूर्ण जिम्मेवारी हो भनिएको छ ।