आइतवार, बैशाख २३, २०८१

५० हजार घुस सहित प्रविधिक अधिकृत पक्राउ

काठमाडौ आषाढ ३१,  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल कृषि अनुसन्धान केन्द्र खजुरा बाँकेमा कार्यरत प्राविधिक अधिकृत download (7)वीरेन्द्रकुमार यादवलाई घुस लिँदालिँदै आज पक्राउ गरेको छ ।

आयोगको विशेष टोलीले प्राविधिक अधिकृत यादवलाई रु दुई लाख ५० हजार घुस रकमसहित बाँके खजुराबाटै पक्राउ गरेको आयोगले जनाउँदै प्राविधिक अधिकृत यादवलाइ कृषि अनुसन्धान केन्द्र, खजुरा बाँकेको हाताभित्र निर्माण हुन लागेको डिप बोरिङ र विद्युत् लाइन विस्तार कार्य सम्पन्न गरी बिल भुक्तानीका लागि निवेदन दिँदा निजले सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा पुगेकिो आयोगको टोलीले उनलाई पक्राउ  गरि आवश्यक अनुसन्धान कार्य जारी सुरु गरेको आयोगले जनाएको छ ।