आइतवार, बैशाख २३, २०८१

अविश्वासको प्रस्ताव पारित नभएसम्म विद्येयक पारित हुन नदिने माओवादी केन्द्रको निर्णय

बजेट पारित नभए प्रधानमन्त्रीले संसद विघटन गर्न सक्ने संविधानविद ज्ञवालीको जिकिर

काठमाडौ आषाढ ३१, नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बसेको बैठकले मुलुकको पछिल्लो राजनीतिक अवस्था, नयाँ सरकार गठनको सवालमा छलफल गर्नुको अलावा वर्तमान सरकार अल्पमतमा परिसकेकाले बजेटसँग जोडिएका विधेयक पारित गर्न किमार्थ तयार नभएको निष्कर्ष सहित बजेटसँग जोडिएका विधेयक तथा ऐन नयाँ सरकार गठन भएपछि मात्रै अगाडि Captureबढाउने निष्कर्ष निकालेको छ ।

एमाले नेतृत्वको सरकारबाट आफूहरू बाहिरिएपछि सरकार पूर्णरूपमा अल्पमतमा परेको सदनमा सरकारविरुद्ध अविश्वासको प्रस्तावसमेत दर्ता भइसकेको अवस्थामा सरकार पक्ष विधेयक अगाडि बढाउन नमिल्ने भएकाले नयाँ सरकार गठनपछि मात्रै प्रक्रिया अगाडि बढाउने निर्णय भएको प्रवक्ता पम्फा भुसालले बैठक पछि जानकारी दिनु भएको छ । बैठक भोलि शनिबार बिहान पुनः बस्नेछ ।

यसैवीच सरकारले ल्याएको नीति, कार्यक्रम र बजेट पारित भएन भने प्रधानमन्त्रीलाई संविधानतः नभएपनि अप्राकृतिक रुपमा संसद विघटन गर्ने सक्ने संविधानविद डा चन्द्रकान्त ज्ञवालीले बताएका छन् ।   रिपोर्टस क्लबद्दारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै संविधानविद डा ज्ञवालीले नेकपा माओवादी केन्द्रले सकारबाट समर्थन फिर्ता लिएपछि वर्तमान स्वत सरकार कामचलाउमा परिणत भएको जिकिर गर्दै प्रधानमन्त्रीलाई आफू बर्खास्तमा पर्छु भन्ने डर भएको खण्डमा प्रधानमन्त्री विघटनमा जान सक्ने कुरा बताए पनि त्यो पक्ष अर्थात प्रधानमन्त्रीले चाल्ने उक्त कदम असंवैधानिक हुने दाबी पनि गर्नु भएको छ ।