आइतवार, बैशाख २३, २०८१

आजको संसद् बैठक सूचना टाँसगरी श्रावण ६ गतेसम्मका लागि स्थगित

  काठमाडौ आषाढ ३१ आज दिउँसो १ बजेका लागि बोलाईएको व्यवस्थापिका संसदका् बैठक सूचना टाँस गरेर आगामी श्रावण ६ गते ११ CA_20141009085850-2 (1)बजेसम्मका लागि स्थगित गरिएको छ ।

एमाले नेतृत्वको गठबन्धन सरकारबाट आफ्नो समर्थन फिर्ता लिदै सरकारबाट बाहिरिएका  नेकपा माओवादी केन्द र व्यवस्थासपका संसदमा सवैभन्दा ठूलो विपक्षी दल  काँग्रेसले वर्तमान सरकारमाथि विस्वास छैन भन्दै संसद्मा दर्ता गराएको अविश्वासको प्रस्ताव पछि दलहरूबीच पानी वारावारको अवस्था सिर्जना भएका कारण बैठक स्थगित भएको बताइएको छ ।

त्यस्तै संसद सचिवालयद्दारा टाँस गरिएको सूचनामा आगामी श्रावण ६ गते बस्ने प्रधानमन्त्री केपी ओलीविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्तावमाथि छलफल हुने उल्लेख छ ।