आइतवार, बैशाख २३, २०८१

यस्तो छ श्मशानको दिव्य सन्देश

काठमाडौं आषाढ ३१, आज आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशी एवम् चतुर्मासको अवसर पारेर श्मशानवावाले आफ्नो आज आफ्नो दिव्य सन्देश दिदै बिधाताले यस पृथ्वीतलमा अबतरित समस्त मनुष्यजाती लाई मानव धर्मको निर्वहागर्नका लागी ब्रह्मचर्य, गृहस्थ, बानप्रस्थ र सन्यास सहित चार वटा आश्रमहरुको ब्यबस्था गरेकाछन। आश्रम ब्यवस्थाले नै हरेक ब्याक्ति, cropसमाज र राष्ट्र लाई बिधान सम्मत सुसञ्चालन गरेको हाम्रो संस्कारिक सनातन सभ्यताको शाश्वत प्रमाणिक तथ्य भएको बताउँनु भएको छ ।

श्मशानवावाले दिनुभएको सन्देश जस्ताको त्यस्तै  यहाँ प्रस्तुत गरिएको छ  :  
आज असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशी एवमे का बिधाताले यस पृथ्वीतलमा अबतरित समस्त मनुष्यजाती लाई मानव धर्मको निर्वहागर्नका लागी ब्रह्मचर्य, गृहस्थ, बानप्रस्थ र सन्यास सहित चार वटा आश्रमहरुको ब्यबस्था गरेकाछन। आश्रम ब्यवस्थाले नै हरेक ब्याक्ति, समाज र राष्ट्र लाई बिधान सम्मत सुसञ्चालन गरेको हाम्रो संस्कारिक सनातन सभ्यताको शाश्वत प्रमाणिक तथ्य हो ।

आश्रम ब्यवस्थाहरु जीवन जिउने कलाका ब्यबस्थित शैलीहुन, जीवनको पुर्णकला सम्पन्न गर्ने बिज्ञानमयी आधारस्तम्भहुन। मुख्यत आश्रम ब्यवस्था भित्र द्वितीय गृहस्थ र चतुर्थ सन्यास आश्रम महत्त्वपूर्णछन् । यी दुवै आश्रम लाई सुसञ्चालनगर्नका लागि धैर्यको धारण गर्नु अपरिहार्य छ। जहाँ सत्यनिष्ट कर्मशिल धैर्यता छ त्यहा प्राप्ति सुनिश्चित छ धैर्य छैनभने प्राप्तिपनि अनिश्चित छ। यस मायवी संसारमा धैर्य भन्दा ठुलो र वजन्दार केहिछैन भने प्राप्ति भन्दा सुन्दर र आनन्दित अरुकेहि भेटिदैन।

राजनिती का लागी मात्र राजनीति गर्नु शोभनीय हुँदैन । राजनीति नितिहरुको नितिहो भन्ने यथार्थ लाई बुझ्न सकिएन भने राष्ट्र सधै अधोपतन्मुख हुन्छ। संसारका सम्पन्न देखि बिपन्न राष्ट्रहरुका उत्थान र पतनका प्रसस्थ दृष्टान्त हामी सबैले बिगत देखि बर्तमानसम्म इतिहास बाट पढ्यौ तर पालना गरेनौं। सवैले एकपटक आकाश तर्फ फर्किएर हेरौ जति राजनीति गरेतापनी आखिर जानेउतैहो। आफू स्वयंलाई समेत बिर्सने यो मायवी संसारको रङ्गमञ्च धर्तीमा आएपछि आएको स्थान बिर्सनु युगानुकुलका पात्रहरूकोलागि स्वभाविक होला तर यहीँ सचेतताको अभाव नै आजको राष्ट्र ,समाज र ब्यक्तिहरुको बर्तमानको बेहाल अवस्था हो। जब सम्म हामी धर्ती मा अवतरितहुनुको कारण, अवधी र गन्तव्य लाई बुझ्न सक्दैनौ यी र यस्तै हालत गुजारिरहने छौ यो शाश्वत सत्य लाई हृदयङ्गम गर्नु बान्छनिय छ ।

गैह्रजिम्मेवारिको पराकास्टले सिमा नाघेको र पापाचारवाट यो स्वाधिन रास्ट्र पुरापुर ग्रसित भैसकेको छ । यो बिनम्र आग्रह छ सवै ले मनन गरौ Samsan-ko-dibya-sandesh-copy-212x300हरेक बिकृत अवस्थाहरु नै सुअवस्थाका आगमनका लागि बनाइएका सुन्दर गोरेटो र सुशासन का आधार पथ हुन। नेपाल र नेपालीको रक्षा, प्रतिरक्षा र बर्चस्व माथी खेल खेल्ने खेलाडीहरुको खेल प्रदर्सनी समापनका दिनहरु संघारमा आइपुगेको नहोला भन्न सकिन्न ।

 सतिको श्रापवाट ग्रसित र प्रताडित यो स्वाधीन राष्ट्र श्राप मुक्त हुने निस्चय गर्नु हामी सवै को कामना र चाहाना हुनसक्दछ। पराधिनता र परनिर्भरतालाई स्वीकारी राजनीतिमा संलग्न भएर जीवन गुजारा गरिरहेका बर्तमानका नायकहरु पनि युगानुरुपका अशलिपात्र हुन् । जसले आफ्नो भुमिका र जिम्मेवारी लाई यथासम्भव कुशलतापुर्वक निर्वहा गरिरहेका छन । भ्रस्टाचार, अतिचार, पापाचार र अत्याचार को पुर्ण बिकास र सिमाबिहिनता नहुदा सम्म नव युग को आगमन र युगपुरुषको उदय हुदैन।

निकट भबिष्यमानै नवीन सोच र बिचारसहितका सामर्थवान युवाहरुले मुलुकको वागडोर सम्हाल्नेछन । प्रकृति स्वयं जागृत हुनेछिन र युगानुकुल विचार र योजना भएको कुनै युवा नर वा नारी लाई राष्ट्राध्यक्षको राज्याभिषेक गराउने निश्चित प्राय छ।

युगको मुहारफेर्न र मार्गनिर्देस गर्ने राष्ट्राध्यक्ष ले आफ्नै श्रोत र साधन बाट यो धर्ती नेपाल र नेपाली को जीवनस्तर उकास्ने छ र मुलुकलाई संबृद्व बनाउने छ। कुनै पनि नेपाली कोहि कसैको अधीन र अधिनस्तदास रहने वा हुनेछैनन। तत्पश्चात सदियौकालदेखि प्रताडित र निरीहहाल ब्यहोरीरहेका जनताहरु आत्मसम्मान र स्वाभिमानकासाथ आनन्दित जीवन जीउने आरम्भ , अभ्यास र प्रयास मा लाग्ने छन । हरेक जनतामा आफ्नो मालिक आफू स्वयं नै हुँ , यो धर्ती यो प्रकृति स्वयं मेरो हो यसको संरक्षण मेरो दाइत्व र धर्महो भन्ने भाब उत्त्पन्नहुनेछ । यस प्रकृति र धर्ती लाई निहित स्वर्थसिद्दिका लागि भक्षणगर्ने दुष्टहरुको सर्वनास गर्ने साहस, क्षमता र सामर्थ राख्नेछन् ।

पबित्र तान्त्रिक भुमी नेपालको इतिहासमा करिब ६५० बर्ष पहिले मुसलवानहरुको आक्रमणवाट सुरक्षित राख्न सिद्धहस्त तान्त्रिकहरुले पशुपतिनाथको गर्भाशयमा ज्योतिर्मय शिवलिङग लुकाएर राखेको सत्य ईतिहॉस बहुसंख्यकलाई बिदितै भएको यथार्थहो, यस यथार्थ वाट बिमुखहुनु आफ्नो इतिहास लाई नकार्नु र अरू कसैले आफ्नो यथार्थको प्रमाणीकरण नगरिदिदा सम्म विश्वास गर्न नसक्ने हाम्रो दासित र श्रापित मानसिकताको परिणति हो। यो ज्योतिर्मय शिवलिङ्ग निसन्देह नेपालको पाशुपत क्षेत्रमानै अवस्थितछ ।

विसं २०६५ भाद्र ३०गतेदेखि असोज शुक्ल बिजयादशमीका दिन सम्म भएको ऐतिहासिक पितृ मुक्ति ज्ञान महायज्ञको क्रममा हवन हुँदैगर्दा को अवस्थामा पाशुपत क्षेत्रको गर्भाशयमा रहेको यस ज्योतिर्मय शिवलिङग को प्रत्यक्ष दर्शन गरेको स्मरण ताजगी नै छ । जुन विधीवाट यस ज्योतिर्मय शिवलिङग लाई छिपाईएको थियो सोही विधी वाट नै उजागरित गर्नु पर्ने वास्तविकता रहेकोछ ।

नेपाल र नेपाली को सौभाग्य र शक्तिमान ज्योतिर्मय शिवलिङगको संरक्षण र सुरक्षा हुने प्रत्यभुती नहुदा सम्म यसलाइ सहजै पुनः उजागरित गरिनु कठिन र अनुत्पादक कार्य हुनेहुदा सत्य निष्ट शासक वा राज्याधिकारीको अतिआवस्यकतापर्ने यथार्थ लाई कसैले नस्वीकार्ल�� भन्न सकिदैन । राष्ट्राध्यक्षको निस्चितता संगै भगवान पशुपतिनाथको भूमिबाट उजागरित हुने शितल र शान्त ज्योतिर्मय शिवलिंग नेपाल र नेपालीको सान, मान र ज्ञान को प्रतिक बनेर रहनेछ। बिश्वले ज्योतिर्मय शिवलिंगको दर्शन गर्ने छ। सवैमा शान्ति,भाइचारा र विश्ववन्धुत्वको भाब पैदाहुने छ संसारमा ज्ञान बिज्ञान र चेतना प्रज्वलितहुने छ । मुख्यत नेपाल र समग्र भारत बर्ष एवं समस्त संसार लाई नै नव युगमा प्रवेश गराउने छ । प्रतिक्षा गरौ यो सवै कार्य यसै पवित्र र ३३ कोटी देवी देवताको भूमि अर्थात वर्तमान पिछडिएको ३३औ राष्ट्र नेपालमा हुने सतिमुक्ति महायज्ञको समापन संगै हुनेछ ।

यसर्थ , यो बर्तमानमा सवैले आफ्नो हृदय कमलभित्र लुकेर, छिपेर, दविएर रहेका ज्ञान बिज्ञान कला र प्रतिभा लाई स्पस्ट र इमान्दारिता एवं निर्भयताकासाथ प्रस्फुटन वा सर्वजनिक गर्नु अपरिहार्य देखिन्छ। पुरुषार्थिको उचित मूल्याकंन समय र प्रकृतिवाट उपयुक्त परिस्थिति वा अवस्थामा हुनेमा कुनै द्विविधा देखिदैन । “वीर भोग्या बसुन्धरा” यो सनातन वाणी आजपर्यन्त उत्तिकै सान्धर्भिक भएको तथ्य लाई स्मरण गर्दै हरेक नरनारी अगाडी बढ्नु नै राज्याभिषेकका लागि उपयुक्त पात्र छनौटका लागी सरल र सहज कार्य हुनसक्दछ ।

प्रकृतिको चाहनाअनुरुप उपयुक्त समयमा यस ज्योतिर्मय शिव लिंग को चिरकाल सम्म संरक्षण र संवर्धन गर्न सक्ने सत्संकल्पी, दृढ़ निस्चयी र सत्यनिष्ट यस धर्तिको धर्ती पुत्र ले नेपाल को राष्ट्राध्यक्षको जिम्मेवारी बहन गर्ने निस्चितप्राय छ। यो सन्देश सवैका श्रद्धय पितृगणले आ९आफ्ना सन्ततिको सुख, शान्ति, संवृद्धी र कल्याणको लागि गरेको दिब्यनिर्णयको जानकारी भनि बुझ्नु बुद्धिमानी हुनेछ ।
।। शिवसंकल्पमस्तु ।।