आइतवार, बैशाख २३, २०८१

आज तुलसी रोप्दै हरिशयनी एकादशी पर्व मनाइदै

काठमाडौ आषाढ ३१,  आज असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशी । आजबाट हिन्दू धमाम्लम्बीहरुले आ आफ्नो घर घरमा tulsi-pooja-300x220तुलसी रोपी पूजाआजा सहित चतुर्मास व्रतको सुभारम्भ गर्ने गरिन्छ ।

धार्मिक दस्तावेजमा उल्लेख भएअनुसार आजको दिनबाट भगवान विष्णु चार महिनासम्म सयनमुद्रामा रहनु हुने भएकाले अषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्मलाई चतुर्मास भनिन्छ । हरिशयनी एकादशीका दिन भगवान विष्णुको प्रतिक तुलसी रोपेपछि पूण्य प्राप्त हुँने विस्वास गरिन्छ ।