सोमवार, बैशाख १७, २०८१

बाधा अड्काउ फुकाउ आदेश अनुमोदित,अर्को बैठक श्रावण १७ मा

काठमाडौ श्रावण ११ ,व्यवस्थापिका–संसद्को आज बसेको दोस्रो बैठकमा नयाँ प्रधानमन्त्री चयनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीबाट सोमवार जारी भएको बाधा अड्काउ फुकाउने आदेश अनुमोदन गरिएको छ ।  राष्ट्रपति CA_20141009085850-2 (1)भण्डारीबाट ‘नेपालको संविधानको धारा ३०५ बमोजिम जारी भएको बाधा अड्काउ फुकाउने आदेशलाई प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले बैठकमा प्रस्ताव गर्नुभएको थियो भने सभामुख ओनसरी घर्तीले सो आदेशलाई अनुमोदनको प्रस्ताव निर्णयार्थ पेस गर्दा ध्वनि मतका आधारमा बहुमतबाट अनुमोदन भएको घोषणा गरिएको थियो ।

त्यस्तै प्रस्ताव प्रस्तुत गर्नुअघि मन्त्री खरेलले प्रधानमन्त्रीले राजीनामा गर्नुअघिको मन्त्रिपरिषद्ले सो आदेश जारीका लागि सिफारिस गरेको जनाउँदै संविधानको धारा २९८ नयाँ सरकार गठनमा असहज हुँने देखिनुको अलावा नयाँ सरकार गठनका लागि मार्ग प्रसस्त गर्नको लागि यसकिसिमक��� आदेश जारी गर्नको लागि सिफारिस गरिएको बैठकमा जानकारी गराउँनु भएको थियो । व्यवस्थापिका संसदको अर्काे बैठक श्रावण १७ गते अपराह्न ३ बजे बस्नेछ ।