सोमवार, बैशाख २४, २०८१

२९८ को उपधारा (२) बमोजिम ७ दिनभित्र सहमतिय आधारमा प्र.म चयन गर्न राष्ट्रपतिबाट आह्वान

कठमाडौं श्रावण १०, आइतवार प्रधानमन्त्री केपी ओलीले राजीमाना दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री ओलीको राजीनामा स्वीकृत गर्दै आज नयाँ सरकार गठनका लागि बाधा अड्काउ फुकाउ आदेश सहित संविधानको धारा 6२९८ को उपधारा (२) बमोजिम ७ दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्न व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई आह्वान गर्नु भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्दारा जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसअघि राष्ट्रपतिले आजै बाधा अड्काउ फुकाउ आदेश जारी गर्नुको अलावा  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपीओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग परामर्श समेत गर्नु भएको थियो ।

यसवीचमा अर्थात सहमतिमा प्रधानमन्त्रीको चयन हुन नसकेमा राष्ट्रपतिबाट बहुमतीय आधारमा सरकार गठनसम्बन्धी संविधानको धारा उल्लेख गरेर प्रधानमन्त्री चयन गर्न अर्को आह्वान गर्नु हुने छ ।