सोमवार, बैशाख २४, २०८१

राष्ट्रपतिद्वारा बाधा अड्काउ फुकाउ आदेश जारी

काठमाडौ श्रावण १० , राष्ट्रपति विद्यादेवी भण्डारीबाट नयाँ सरकार निर्वाचनका लागि बाधा अड्काउ फुकाउ आदेश जारी भएको छ ।  मन्त्रिपरिषदको आइतबारको बैठकले गरेको सिफरिस अनुरुप नेपालको संविधानको धारा ३०५ बमोजिम उनले बाधा अड्काउ फुकाउ आदेश जारी गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद 5घिमिरेद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा नेपालको संविधानमा अर्को प्रधानमन्त्री निर्वाचनको प्रक्रिया प्रारम्भ गर्न बाधा अड्काउ परेकाले संविधानको धारा २९८को उपधारा (२) वा (३) बमोजिमको प्रक्रिया अपनाइ अर्को प्रधानमन्त्रीको निर्वाचन गर्न सकिने गरी सो आदेश जारी गरिएको जनाउँदै  विज्ञप्तिमा ‘नेपालको संविधानको धारा २९८ मा संक्रमणकालीन मन्त्रिपरिषदसम्बन्धी व्यवस्था रहेको, सोही व्यवस्थाबमोजिम व्यवस्थापिका–संसदबाट वर्तमान प्रधानमन्त्री निर्वाचित भइ निजको अध्यक्षतामा मन्त्रिपरिषदको गठन भएकामा धारा २९८ को उपधारा (८) बमोजिम वर्तमान प्रधानमन्त्रीले राजीनामा दिनुभएको तर अर्को प्रधानमन्त्री निर्वाचित हुने स्पस्ट व्यवस्था उक्त धारामा नरहेका कारण अर्को प्रधानमन्त्री निर्वाचनको प्रक्रिया प्रारम्भ गर्न बाधा अड्काउ फुकाउ जारी गर्नुपरेको उल्लेख गरिएको छ ।