बिहिबार, बैशाख २०, २०८१

राष्ट्रपति भण्डारीले भेटे काँग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहाललाइ

  काठमाडौ श्रावण ९, नेपालको संविधानको सङ्क्रमणकालीन व्यवस्थामा प्रधानमन्त्री पदमुक्त हुने प्रावधान स्पष्ट भए पनि नयाँ सरकार गठनको व्यवस्थाका बारेमा भने प्रमुख दलबीच बहस जारी रहेकै अवस्थामा राष्ट्रपति विद्यादेवी भण्डारीले आज व्यवस्थापिका संसदमा सवैभन्दा ठूलो दल रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसंग अलग अलग मुलुकको समसामायिक राजनीतिक विषयमा भेटवार्ता गर्नु भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा नेता देउवाले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा राष्ट्रपतिलाई जानकारी गराउनु भएको थियो भने त्यस अवसरमा सभापति देउवालाइ राष्ट्रपति भण्डारीले आफूबाट विवादमा आउने कुनै पनि काम नहुने स्पष्ट पार्नुभएको भएको बताइएको छ ।  त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसंगको भेटमा पनि राष्ट्रपति भण्डारीले दलहरूबीच राम्रो समदझारी बनोस् भन्ने लक्ष्य अनुरुप आफुले यस किसिमको भृटवार्ता गरेको जनाउ दिदै समसामायिक कुराकानी गर्नु भएको भेटपछि संचारकर्मीसंगको कुराकानीको क्रममा अध्यष प्रचण्डले जानकारी दिनु भएको छ ।