शुक्रबार, जेष्ठ ४, २०८१

संसद् बैठक: सरकारको तर्फबाट प्रस्तुत आर्थिक विधेयक अस्वीकृत, विधेयक अस्वीकृत भएसँगै सरकार थप नैतिक सङ्कटमा

प्रम ओलीविरुद्ध अविश्वासको प्रस्ताव उपर छलफल सुरु

काठमाडौं श्रावण ७, व्यबस्थापिका संसदको बैठक प्रस्तुत गर्ने एजेन्दाको सवालमा दलहरुवीच सहमति भएपछि आज अपरान्ह संसदको बैठक सुरु भएको छ । बैठकमा सुरुमा आश्रित बजेट बिधेयक प्रस्तुत गर्ने त्यस लगतै अविश्वासको प्रस्ताब माथि छलफल गर्ने कार्यतालिका रहेको छ ।  बैठकको प्रारम्भमा सभामुख ओनसरी घर्तीले राष्ट्रपतिको CA_20141009085850-2 (1)कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी र प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउँनु भएको थियो ।

त्यस लगत्तै बैठकमा सार्वजनिक लेखा समितिका सभापति जनार्दन शर्माले समितिको १८ औँ प्रतिवेदन गर्दै आर्थिक अनियमितताका घटनामा छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समितिले दिएको निर्देशनको आवश्यक पालना नभएको जानकारी ससद बैठकमा दिनुभएको थियो ।

त्यस्तै बैठकमा सरकारको तर्फबाट प्रस्तुत चालु आवको बजेटसँग आश्रित ३ विधेयक अन्र्तगत राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत २१ औँ संशोधन विधेयक सभामुख घर्तीले बेग्लाबेग्लै निर्णयार्थ बैठकमा प्रस्तुत गर्दा ध्वनी मतका आधारमा उक्त ३ वटै विधेयक बहुमतले अस्वीकृत गरेको थियो । प्रस्तुत आर्थिक विधेयक अस्वीकृत भएसँगै सरकार  थप नैतिक सङ्कटमा परेको छ ।

यसअघि आर्थिक विधेयकमाथिको छलफलमा भाग लिँदै नेपाली काँग्रेसका डा रामशरण महत , माओवादी केन्द्रका कृष्णबहादुर महरा ,डा मीनेन्द्र रिजाल गोपाल दहित लगायतले अल्पमतको सरकारले प्रस्तुत गरेका आर्थिक विधेयकले मुलुकको हितमा नभएको अभिव्यक्ति सहितको धारणा राख्दैआर्थिक विधेयकप्रति विमति जनाउँनु भएको थियो ।

यसैवीच बैठकमा प्रधानमन्त्री केपी ओली नेृत्वको गठबन्धन सरकार उपर विस्वास छैन भन्दै गत आषाढ २९ गते संसदमा दर्ता गराएको अविश्वासको प्रस्ताव पेस भएको छ ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डले नेपालको संविधानको धारा २९८ को उपधारा १३ एवम् व्यवस्थापिका–संसद् नियमावली, २०७३ को नियम १६० को उपनियम ४ बमोजिम उक्त प्रस्ताव सदनमा पेस गर्नुभएको हो । अव संसद बैठकमा प्रस्ताव उपर छलफल सुरु हुने भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु