सोमवार, बैशाख १७, २०८१

काँग्रेसद्वारा दुःख व्यक्त

  काठमाडौ श्रावण ११ ,  नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज एक विज्ञप्ति जारी गरी बाढी र पहिरोबाट मुलुकका विभिन्न भागमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । साथै उहाँले पार्टीका स्थानीय पार्टी निकाय तथा भ्रातृ एवम् शुभेच्छुक सङ्घसंस्थालाई पीडित परिवारको उद्धार र राहतमा आवश्यक सहयोग पु¥याउन आग्रह nc-flageगर्नुभएको छ

यसैवीच नेपाली काँग्रेस मुख्यालले जारी गरेको अर्को विज्ञप्तिमा पनि केही दिनदेखिको परेको अविरल वर्षाका कारण आएको बाढी र गएको पहिरोका कारण मुलुकका विभिन्न भागमा भएको जनधनको क्षतिको घटनाप्रति दुःख व्यक्त गर्दै पहिरो कारण मृत्यु भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै पीडितका शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

साथै विज्ञप्तिमा बाढी पहिरोमा परि बेपत्ता भएका नागरिकको तत्काल खोजी गर्न र विपत्मा परेका पीडित परिवारलाई उद्धार, राहत र सहयोग गर्न सरकारलगायत सम्बन्धित सबै पक्षसँग माग गरेको छ ।