सोमवार, बैशाख २४, २०८१

बन्दका कारण जनजीवन सामान्य प्रभावित , बाढी, पहिरो पिडितको उद्धार र राहतको काम तीव्र : मन्त्रालय

काठमाडौ श्रावण १०, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आज आव्हान गरेको नेपाल बन्दका कारण राजधानी लगायत उपत्यकाको जनजीवन सामान्यरूपमा प्रभावित भएको छ ।  गृह मन्त्रालयका सहायक प्रवक्ता झंकनाथ ढकालद्दारा जारी विज्ञप्तिमा बन्दका क्रममा तोडफोड, आगजनी र जबर्जस्ती बन्द गराउने कार्यक्रममा संलग्न १३० जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । त्यस्तै बन्दका क्रममा काठमाडौँ दुई ट्याक्सी, चितवनमा एउटा मिनी 2429_640a722181fd895a441e88223c784393_1469406829_bट्रक, तनहुँमा एउटा ट्रक गरी चारवटा सवारी साधनमा तोडफोड गरेको, सार्लाहीमा ट्रमा पेट्रोल बम प्रहार गर्न खोल्नेलाई नियन्त्रणमा लिइएको, ललितपुरमा एउटा बस, नुवाकोटमा एउटा जिप र एउटा ट्रकमा लुकिछिपी तोडफोड गर्दा सामान्य क्षति भएको उल्लेख गरिएको छ । त्यस्तै बन्दको क्रममा उल्लेख्य सुरक्षागस्ती बढाइएका कारण त्यस्तो कुनै अप्रिय घटना नभएको र साँझ ५ वजे यता सार्वजनिक सवारी साधन एवम् पसलहरु खुलेको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा मन्त्रालयले केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरोले मुलुकको पूर्वी र मध्य तराइको जनजीवन प्रभावित भएको जनाएको छ । यस सम्बन्धमा प्राप्त पछिल्लो जानकारी अनुसार सिन्धुलीमा पहिरामा परेर आज १ जनाको मृत्यु र ३  घाइते, गुल्मीमा खोलाले बगाई एक जनाको मृत्यु, सिरहामा कमला नदी तर्ने क्रममा एक जनाको मृत्यु र दुई बेपत्ता, सर्लाहीको झिम नदी तर्ने क्रममा एक जनाको मृत्यु, गोरखामा पहिराबाट ३ घरमा क्षति र ३८ घरमा आंशिक क्षति हुनुको अलावा डुबानका कारण सुनसरीमा ३१६ परिवार, झापामा करिब २०० परिवार, सप्तरीमा करिब ४ सय परिवार र मोरङमा २सयपरिवार प्रभावित भएका छन् । त्यस्तै बक्राहा नदीको बाँध फुटी ३सय घरपरिवार डुबानमा परेका छन् । मन्त्रालयका अनुसार उक्त घटनामा प्रहरीले तत्कालै टोली परिचालन गरी उद्धार र राहतको काम तीव्र रुपमा अघि बढाएको उल्लेख गरिएको छ ।