सोमवार, बैशाख १७, २०८१

आजबाट रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु

काठमाडौ श्रावण ११ , वर्षा र सहकालका देवताका रुपमा पुजिने ललिपुरस्थित रातो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि पुनः सुरु भएको छ । आज ललितपुरको लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथयात्रा गरिएको छ । 20150723_anup_5अन्नका देवता, सहकालका देवता, लोकेश्वर, बुंगद्य अनेकौं नामले प्रख्यात रातो मच्छिन्द्रनाथलाइ लिच्छविकालमा देशभर अनिकाल र खडेरी लाग्दा लिच्छवीकालमा राजा नरेन्द्रदेव, कान्तिपुरका तान्त्रिक बन्धुदत्त आचाजु र ललितपुरका ललित ज्यापुले आसामको कामरूप कामक्षबाट मच्छिन्नाथलाई नेपाल ल्याएको थिए ।

मच्छिन्द्रनाथको उपत्यका प्रवेशसंगै वर्षा भएपछि राजा नरेन्द्रदेव र आचार्य बन्धुदत्तले मच्छिन्द्रनाथको जात्रा चलाएको तथ्य वर्णित रहेको पाइन्छ । उपत्यकामै लामो जात्राको रुपमा मनाइने मच्छिन्द्रनाथको रथयात्रा रथ जावलाखेल पु-याइएको चार दिनमा राष्टाध्यक्षको उपस्थितीमा भोटो देखाउने प्रचलन रहेको ललितपुर गुठी संस्थानले जनाएको छ ।