सोमवार, बैशाख १७, २०८१

सरकारले लिखित प्रतिबद्धता नजनाएसम्म काँग्रेसले संसद् बैठक अवरुद्ध गर्ने

काठमाडौ आषाढ १३, व्यवस्थापिका संसदका प्रमुख विपक्ष दल नेपाली काँग्रेस संसदीय दलको आज बसेको बैठकले सरकारबाट भूकम्पपीडित जनतालाई एकमुष्ट रु २ लाख दिने लिखित प्रतिबद्धता नआए आज पनि व्यवस्थापिका–संसद्को बैठक अवरुद्ध गर्ने निर्णय congress-samsadiya-dalगरेको छ ।

व्यवस्थापिका संसदमा सत्तारुढदलले प्रमुख विपक्षीदलको मागलाइ सम्बोधन नगरेकोमा आपत्ती प्रकट गर्दै सरकारको प्रस्तुत हेपाह प्रवृतिको विरोध सहित संसद् अवरोध गर्नुपरेको बैठकमा सहभागी नेताहरुले बताएका छन । त्यस्तै आज बस्ने बैठक पनि अवरुद्ध हुने जनाउ दिदै नेताहरुले काँग्रेसले हिजोका दिनमा आफू नेतृत्वको सरकारले भूकम्पपीडितलाई किस्तबन्दीमा रकम दिने भनेको तर त्यो एक वर्षभित्रको समयावधिका लागि मात्र भएकाले हाल ढिला भएकाले तत्काल एकमुष्ट रु २ लाख दिनुपर्छ भन्ने हाम्रो माग गरेको स्पष्ट पारेको छ ।