सोमवार, बैशाख १७, २०८१

अख्तियारले डा.केसीको मागप्रति आपत्ती जनाउँदे भने -डा. केसीका कार्य प्रवृत्ति आफैंमा खेदजनक

डा .केसीको मानिसिक स्वास्थ्य उपचारको शीघ्रातीशीघ्र उचित व्यवस्था गर्न सरकारलाइ आयोगले आग्रह
अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नियन्त्रण गर्न युवा सङ्घको माग

काठमाडौ आषाढ १३, विभिन्न माग राख्दै शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक डा गोविन्द केसीले आगामी आषाढ २६ गतेबाट पुनः अनशन सुरु गर्ने चेतावनी दिनुभएको छ । आईतबार आयोजित पत्रकार सम्मेलनमा उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाई कारबाही गर्न माग गर्नुभएको छ । पत्रकार समेलनमा डा केसीले जिम्मेवार पदाधिकारीलाई ब्ल्याकमेलिङ गरेर राजीनामा दिन बाध्य पारेको र काठमाडौँ विश्वविद्यालयको प्रवेश परीक्षामा कार्यक्षेत्र नाघेर हस्तक्षेप गरेका कारण प्रमुख आयुक्त कार्कीलाई कारबाहीको दायरामा ल्यानुउनु पर्नेमा जोड दिनु भएको थियो ।

यसैवीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा गोविन्द केसीद्वारा जारी विज्ञप्तिमा प्रमुख आयुक्त तथा आयुक्तमाथि मनोगत Capture 1लाञ्छनासहित महाअभियोग एवम् कारबाही प्रक्रिया अघि बढाउन राखेको मागप्रति आपत्ति जनाएको छ ।  आयोगका प्रमुख आयुक्त र आयुक्तप्रति लक्षित डा केसीको माग छुद्रता, अराजकता र अस्वस्थ्य मानसिकताको भएको ठहर गर्दै आयोगले मागको फेहरिस्तमा उल्लेख भएजस्तो कुनै गतिविधि भए पुष्टि गर्न चुनौती दिएको छ । त्यस्तै विज्ञप्तिमा प्रमुख आयुक्तले व्यापारिक स्वार्थ राखेको भन्ने घृणित र निकृष्ट आक्षेप पुष्टि गर्न डा केसीलाई पुनःचुनौती दिँदै उक्त आक्षेप पुष्ट्याइँ गरिदिएका खण्डमा प्रमुख आयुक्तले पदीय जिम्मेवारीबाटै सन्यास लिने उहाँको निजी घोषणासमेत गरिएको छ । त्यस्तै आयोग सदैव नेपाली स्वास्थ्य क्षेत्रमा विद्यमान अराजकता, दण्डहिनता, माफियातन्त्र र सबै प्रकृतिका विकृतिको अन्त्यका निम्ति लागि क्रियाशील रहने दृढता व्यक्त गरेको छ ।

त्यस्तै आयोगको विज्ञप्तिमा अगाडि डा. केसीका तमाम गतिबिधिलाई आयोगले आफ्नो स्मृतिमा राखेको छ । यताका दिनमा चिकित्सा एवं स्वास्थ्य क्षेत्रको सुद्दताका लागि आयोगले आफ्नो कारवाहीधिकार भित्रै रहेर गरेको पहलबाट उत्तर्सिएका मेडिकल माफियाहरुसँगको डा.केसीको सानिध्यता, आयोगको अनुसन्धान प्रक्रियामा रहेका एकथरी स्वघोषित नागरिक अगुवा तथा संगठित अपराधी र भ्रष्टहरुसँगको उहाँको साँठगाँठ आयोगको दृष्टिबाट ओझेलमा छैनन् । वस्तुत:  आयोग पदाधिकारीहरु बिरुद्द केन्द्रित पछिल्लो प्रस्तावलाई डा. केसीका यिनै सन्देहास्पद गतिबिधीका आलोकमा हेरिनुपर्दछ भन्ने आयोगको आग्रह गर्दै चिकित्सा तथा स्वास्थ्य क्षेत्रको सुधारका नाममा स्वास्थ्य ��्षेत्रलाई नै बन्धक बनाउँदै डा। केसीले गरेका विगतका प्रत्येक आन्दोलनले यस क्षेत्रलाई विकास र उत्थानको मार्गतर्फ नभई बिनाश र अबन्नतिको दिशातर्फ प्रवाहित गरेको आमबुझाई भन्दा पृथक आयोगको अभिमत छैन ।

अद्याबधी राष्ट्रसेवकको आवरणमा रहे पनि राष्ट्रसेवकको न्यूनतम् आचरण र पेशागत धर्म परिपालना नगर्ने र किस्ताबन्दीको उदण्डताको आडमा राज्यलाई धम्क्याउने जस्ता डा। केसीका कार्य प्रवृत्ति आफैंमा खेदजनक छन् भएको जनाउँदै आयोगले डा। केसी लाई नेपाली चिकित्सा क्षेत्रको बिनाशको प्रतिनिधी बाहक नबन्न बरु आफूमा निहीत चिकित्सकीय योग्यतालाई उपचारका क्षेत्रमा भरपूर सदुपयोग गर्न सुझाब दिन चाहन्छ । सँगसँगै बारम्बार आफ्नो न्यूनतम् आचरण र जिम्मेवारीको दायराबाट बिमुख डा। केसीको स्वास्थ्य उपचारको शीघ्रातीशीघ्र उचित व्यवस्थाका लागि समेत आयोगले सरकारसँग आग्रह गरेको छ ।

यसैवीच आयोगको तर्फबाट जारी प्रस्तुत विज्ञप्ति पछि युवा सङ्घ नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नियन्त्रण गर्न सरकार र व्यवस्थापिका–संसद्सँग माग गरेको छ । आयोगद्वारा यही आषाढ १२ गते डा गोविन्द केसी जस्तो सामाजिक रुपमा मर्यादित व्यक्तिलाई मानसिक रोगी भनेर प्रकाशित विज्ञप्ति सच्याउन तथा संवैधानिक सीमाभित्र रही संविधान र कानुनको सम्मान गर्न आयोगलाई सङ्घले आग्रह गरेको छ ।  सङ्घका अध्यक्ष राजीव पहारीले जारी गरेको विज्ञप्तिमा डा केसीबाट आयोगको आलोचना हुँदैमा आयोग जस्तो जिम्मेवार निकायले विज्ञप्ति जारी गरेर ‘आफ्नो आलोचना गर्ने मान्छेलाई मानसिक रोगी भनी करार गर्ने काम’ सभ्य र लोकतान्त्रिक समाजमा नसुहाउने उल्लेख गरिएको छ ।