सोमवार, बैशाख १७, २०८१

बालश्रमको अवस्था चित्रित नाटक सरी मम मञ्चित

काठमाडोै अषाढ १३,  पढ्ने रहर हुँदा हुँदै पनि इँटाभट्टामा बिहान सबेरैदेखि इँटा बनाइरहेको बालबालिका कलिला हातमा काल्पनिक पात्रले किताब ३कापी थमाइदिँदा आँधी खुसी हुन्छन् । भोकले छटपटाइरहेको सडक बालबालिकालाई सोही काल्पनिक पात्रले खाने कुरा दिँदा निकै IMG_20160623_180710[1]IMG_20160623_174824[1]रमाउँछन् । यस्तै गरी जरी कारखाना, घरेलु बालश्रम लगायतका क्षेत्रमा बालबालिकाले भोग्नु परेको समस्याको चित्रण हुँदै गर्दा दर्शहरु भावुक हुन्छन् । बालश्रमको अवस्था चित्रित जीवन्त अभिनय गरिएको नाटक ‘सरी मम’ मण्डला थिएटर, अनामनगरमा मञ्चन भएको छ ।
अन्तर्राष्ट्रिय बालश्रम विरुद्धको विश्व दिवस १२ जुनको सन्दर्भमा बाल विकास समाजको आयोजना तथा आवाजका साथ–साथ यूवा (YAV Nepal) को प्रस्तुतिमा ‘सरी मम’ नामक नाटकको मञ्चन गरिएको छ । जसको निर्देशन राजेश घिमिरेले गरेका हुन् । १४ जना बालबालिकाहरुबाट अभिनित यस नाटकमा गरिबीले पिल्सिएको बालक सुमनको कथा र बालश्रमको क्षेत्रमा बालबालिकाले भोग्नु परेको समस्याको बारे प्रस्तुत गरिएको छ ।
घरको आर्थिक अवस्था अत्यन्त दयनीय भएको सुमनको आवश्यकता (साइकलको माग) बढ्दै जान्छ । जिद्दी गर्दै जान्छ । सोही अवस्थामा सडक बालबालिकाले खानसमेत नपाएको, इँटाभट्टामा लामो समय काम गनुपर्ने बाध्यता हुने, पढ्न समेत नपाउने, जरी कारखाना र घरेलु श्रममा लामो समय काम गर्ने, पढ्न नपाउने साहुले हेला गर्ने, दुव्र्यवहार गर्ने, शोषण गर्ने, साना छोराछोरीले काम गरेर बाबु आमालाई समेत पाल्नुपर्ने बाध्यता हुने जस्ता प्रवृत्ति पाउँछ । यस्तो अवस्था देखिसकेपछि ति बालबालिकाले भन्दा आफूले धेरै अधिकार र सुविधा पाएको महसुस गर्छ र अबदेखि यस्तो जिद्दी नगर्ने, माग नगर्नेमा प्रतिवद्ध हुन्छ र आफ्नी आमासँग ‘सरी मम’ भनी माफी माग्छ । त्यतिखेरसम्म उसकी आमाको अचानक मृत्यू भइसकेको हुन्छ । दर्शकलाई भावुक अवस्थाको सिर्जना गराउँदै श्रम क्षेत्रमा जकडिएको बालश्रमको अवस्था बारे सचेतना नाटकले जगाउँदछ ।
राजेश घिमिरे, विनोद खत्री, पुष्पा अधिकारी, सुजिता अधिकारी, हिमाल तिमल्सिना, वेदप्रसाद पंगेनी, मञ्जु विक, सुविना पौडेल, स्वस्थानी राउत, दुर्गा ढकाल, दिनेश थामी, हिमा राई, देवेन्द्र आचार्य, अन्जना सत्यालबाट जीवन्त अभिनय भएको नाटक यस अघि सर्वनाम थिएटरमा समेत मञ्चन भएको थियो ।
नाटकको समयमा बाल विकास समाजका अध्यक्ष ई.किशोर थापाले उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो भने अन्त्यमा सबै अभिनयकर्ताहरुलाई प्रशंसा पत्र प्रदान गर्नुभएको थियो । सो समयमा बाल विकास समाजका कर्मचारी, आजीवन सदस्य, कार्यसमिति सदस्य, शुभचिन्तक, विभिन्न संघसंस्थाको प्रतिनिधी, पत्रकार आदिको उल्लेख्य सहभागिता रहेको थियो ।