सोमवार, बैशाख १७, २०८१

प्रतिपक्षदल काँग्रेसद्वारा आज पनि संसद बैठक अवरुद्ध

काठमाडौ आषाढ १३,  काँग्रेसले भूकम्पपीडितलाई सरकारबाट एकमुष्ट रु दुई लाख अनुदान दिने प्रतिबद्धता नआएको भन्दै विगत चार दिने देखि निरन्तर अवरुद्ध हुँदै आएको संसद् बैठक आज पनि अवरुद्ध भएको छ । आज बसेको व्यवस्थापिका–संसद्को बैठक पनि भूकम्पपीडित जनतालाई सरकारबाट एकमुष्ट रु २ लाख अनुदान दिने प्रतिबद्धता नआएको भन्दै काँग्रेसले अवरुद्ध गरेको हो ।

CA_20141009085850-2 (1)आजको बैठकम सभामुख ओनसरी घर्तीले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रतिपक्षी दलका सांसदले उठेर विरोध सुरु गरेको थियो । त्यसलगत्तै सभामुखले काँग्रेसका सांसद डा रामशरण महतलाई बोल्न समय दिएपछि बैठकमा नेता महतले सरकारको अकर्मण्यता प्रदर्शन गर्दै सरकारले भूकम्पपीडितलाई आवास निर्माणका लागि एकमुष्ट रूपमा रु २ लाख अनुदान उपलब्ध गराउन राखेको मागलाई बेवास्ता गरिएकाले बाध्य भएर बैठक अवरुद्ध गर्नुपरेको बताउँदै काँग्रेस नेतृत्वको अघिल्लो सरकारको पालामा भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतको काम तदारुकताका साथ भएको र त्यसको विश्व समुदायबाटै प्रशंसा पनि भएको बताउँदै नेता महतले  नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन गरेर रु साढे चार खर्बको प्रतिबद्धता दिलाउन सफल भएको बैठकलाइ स्मरण गराउनुभएको थियो ।

त्यसपछि सभामुख घर्तीले विपक्षीदलको तर्फबाट यठान गरिएको मागप्रति सिङ्गो संसद्लाई ध्यानाकर्षण भएको बताउँदै प्रक्रियाका आधारमा अघि बढ्न आग्रह गर्दा काँग्रेस सांसदहरूको विरोध कायमै राखेका कारण बैठक आज अपराह्न ३ः३० बजेसम्मका लागि स्थगन भएको घोषणा गर्नुभएको थियो । यसैवीच संसद्को आजको पहिलो बैठक प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको विरोधका कारण अवरुद्ध भएपछि दोस्रो बैठक ३ः३० बजे बस्ने गरी स्थगन गरिएकोमा दोस्रो बैठक सूचना टाँस गरी मङ्गलबार अपराह्न ३ः३० बजे बस्नेगरि स्थगन गरिएको छ ।